वैशाख २३- आज राति दुई उपप्रधानमन्त्रीसहित १० जना मन्त्रीहरुले राजनीतिक सहमतिको सरकारमा पदको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गर्नेहरुमा माओवादीका पाँच, मधेसी मोर्चाका पाँच र कांग्रेसका दुई जना छन्। आज साँझ ५ बजे हुने भनिएको सपथ कार्यक्रम राति ९ बजे भएको थियो। मन्त्रीहरुलाई राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री बाबुराम भट्टराईले शपथ दिलाए। माओवादीबाट नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, वर्षमान पुन, टोपबहादुर रायमाझी र दीनानाथ शर्माले शपथ लिने भनिए पनि रायमाझी अनुपस्थित भए।
त्यस्तै कांग्रेसका कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङ शपथ लिएका छन्। मोर्चाबाट विजयकुमार गच्छदार, हृदयेश त्रिपाठी, महेन्द्र यादव र राजकिशोर यादवले शपथ लिएका छन्। मोर्चाका मन्त्रीहरुले पूरानै मन्त्रालय सम्हाल्नेछन्। माओवादी र कङ्ग्रेसका मन्त्रीहरुलाई मन्त्रालय तोकिएको छैन।
स्वास्थ्यमन्त्री राजेन्द्र महतो भने आफ्नो दल सद्भावना पार्टोको अधिवेशनमा जनकपुर व्यस्त रहेकाले भोलिमात्र शपथ ग्रहण गर्नेछन्।
No comments:
Post a Comment