Saturday, 19 May 2012

भारतीय कन्सुलरले आपत्तिजनक कुरा बोलेकै होइनन् : उपेन्द्र यादव

काठमाडौं, जेठ ६- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत एसडी मेहताले सञ्चार माध्यममा आएजस्तो कुनै आपत्तिजनक अभिव्यक्ति नदिएको दाबी गरेका छन्। 
एक टेलिभिजन कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले आफ्नो पार्टीका नेताहरुसमेत सो पार्टीमा सहभागी रहेको उल्लेख गर्दै पार्टीमा मेहताले मिडियामा आएजस्तो कुनै अभिव्यक्ति नदिएको दाबी गरेका रिपोर्टर्स क्लबले जनाएको छ।

उनले भने– मेहताले बोलेकै होइनन्। मिडियाले यसलाई अतिरञ्जित बनाए। यो ग्राइण्ड डिजाइन हो, संविधान निर्माण हुन नदिने। उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतको महत्वपूर्ण भूमिका महत्वपूर्ण रहेको दावी पनि गरेका छन्।

यसअघि पनि वीरगन्जका विभिन्न मधेसी नेताले मेहताको तर्फबाट वकालत गर्दै उनले यस्तो भन्दै नभनेका बताइसकेका छन्।

No comments:

Post a Comment