बन्दको फाइदा उठाउंदै एम्बुलेन्समा मदिरा ओसार पसार
डडेल्धुरामा बन्दको फाइदा उठाउंदै मदिरा ओसार पसार गर्ने एक एम्बुलेन्सलाई बन्दकर्ताले नियन्त्रणमा लिएका छन् । बन्दका क्रममा बिरामी धनगढी पु-याएर बझाङ फर्कदै गरेको प्राथमिक स्वास्थ्य केन्द्र देउलेक बझाङको एम्बुलेन्सलाई बन्दकर्ताले भारी मात्रामा मदिरा र यात्रु सहित नियन्त्रणमा लिएका हुन । एम्बुलेन्समा पेट्रोल, मट्टितेल, औषधि र तरकारी समेत ल्याइएको थियो । प्रदर्शनकारीले एम्बुलेन्स सहित चालकलाई प्रहरीमा बुझाएका छन् । उता, सुदूरपश्चिमको जनजीवन दिनप्रतिदिन कष्टकर हुदै गईरहेको बेला एम्बुलेन्सले समेत सर्वसाधारणलाई चढाउंदा बन्दकर्ताले आन्दोलनलाई झन कडा बनाएका छन् ।
No comments:
Post a Comment