Tuesday, 8 May 2012

१४ मिनेटमा १४ करोडको सेयर कारोबार, बजार राजनीति केन्द्रीत

काठमाडौं, वैशाख २६- दलहरुबीचका पछिल्ला सहमतिले राजनीतिक स्थिरता हुने देखिए पछि केहि दिनदेखि बढिरहेको बजार सोमबार १४ मिनेट मात्र खुल्दा १४ करोडको सेयर खरिद बिक्री भएको छ। तीनदिन (शुक्रबार-आइतबार) देखि बन्द बजार सोमबार खुल्दा लगानीकर्ताको चापले १४ मिनेट मात्र कारोबार भयो। यो छोटो समयमा पनि १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइ नेप्से परिसूचक २४ अंकले बढे पछि सर्किट बेर्कर लगाएर कारोबार रोक्नु परेको थियो। लामो समय सुस्ताएको सेयर बजार माओवादी लडाकुलाई नेपाली सेनाको जिम्मा लगाए पछि बढ्न थालेको थियो। अहिले दलहरुबीच सम्झौता भई सहमतिय सरकार गठन भएपछि कारोबार झनै बढेको हो। यो घटनाले नेपाली सेयर बजार पनि राजनीतिक उतार चढावसँगै जाने गरेको देखिएको छ।'अन्य मुलुकमा पनि राजनीतिको प्रभाव सेयर बजारमा पर्छ' स्टक ब्रोकर एशोसियसनका अध्यक्ष अन्जनराज पौड्यालले नागरिकसँग भने-'हाम्रो बजार मूख्य रुपमा राजनीतिमा आधारित छ।' राजनीतिक क्षेत्र सहमति तर्फ अगाडी बढे बजार अझै बढ्ने र राजनीतिक सहमति बिग्रिंदै गए बजार घट्ने अनुमान उनले गरे। विगतमा माओवादी शान्ति प्रक्रियामा आउने सहमति भएपछि बजार बढ्दै गएर संविधानसभाको चुनावको परिणाम आउने बेलामा नेप्से १ हजार १ सय ७५ पुगेको थियो। त्यसपछि ६ महिनामा शान्ति प्रक्रिया टुङिने र दुई वर्षमा नयाँ संविधान जारी गर्ने सहमति कार्यान्वयनमा नआएपछि बजार लगातार घटेर २ सय ९२ अंकमा झरेको थियो। अहिले राजनीतिक सहमतिले सकारात्मक सन्देश दिएपछि सोमबार नेप्से ४ सय २८ अंकमा पुगेको छ। विगतमा बजार बढ्दा कम्पनीको नाफा बढ्नु र बजार ओरालो लाग्दा नाफा घटनु कारण मानिएको थिएन। 'लगानीकर्ता देश समुन्नत हुने विश्वासले लगानीका लागि हौसिएका हुन्' पौडेलले भने।राजनीतिक अवस्थाले बजारमा सकारात्मक सन्देश दिएपछि नयाँ लगानीकर्ता बजारमा थपिएका छन्। पुराना लगानीकर्ता पनि बजारमा लगानी गर्न थालेका छन्।'खरिदकर्ता सानो कित्ताका छन्' पौडेलले भने-'बजार बढ्नेक्रममा लगानीकर्ता थपिने विगतदेखिकै परम्परा हो।'

No comments:

Post a Comment