तीन दलले देश कब्जा गरेः थापा
खाँदबारी, वैशाख २८
- राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका अध्यक्ष कमल थापाले ४ वर्षदेखि तीन दलले देशलाई कब्जामा राखेको आरोप लगाएका छन् । उनले लोकतन्त्र चहाने कांग्रेस र एमालेले पनि माओवादीकै जंगली सिको सिकेको बताएका छन् । संखुवासभा सदरमुकाममा हुने आमसभालाई सम्बोधन गर्न खाँदबारी आइपुगेका थापाले सिण्डिकेट प्रणाली लागू गरेर सरकार चलाइरहेको बताए । संविधानसभाको म्याद कुनै हालतमा थप्न नमिल्ने पनि उनले बताए ।अध्यक्ष थापाले जेठ १४ मै एकपक्षीय संविधान बने पनि जनताको पक्षमा नहुने जिकिर गरे । लेनदेन र भागवण्डाको संविधान बन्छ, उनले भने, जुन रिमोट कन्ट्रोलको माध्यमबाट चल्छ । एकलौटी संविधान निर्माण भए देश नयाँ द्वन्द्वमा जाने उनले बताए । ठूला भनिने राजनीतिक दलमा गलत नीति छ, जसका कारण विदेशीहरुले जलखेल गरिहेको छन, उनले भने, नेपाली जनताका लागि संविधान ल्याउने हो भने संविधानको पहिलो ड्राफ्ट जनतासम्म पुर्याउनु पर्छ र जनमत संग्रह गर्नु पर्छ ।आफ्नो पाटी हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रको पक्षमा रहेको बताउँदै थपे, तीन दलले जनताको भूमिका पूर्ण रूपमा निरपेक्ष पारेका छन् । राजा बिनाको संविधानको कल्पनासमेत गर्न नसकिने भन्दै ३ दलले ल्याएको संविधान अस्विकार्य हुने बताए । नेपाल अहिले अभिभावक विहीन घर जस्तै भएको छ, हचुवाको भरमा संघीयता सम्भावना छैन । भूगोल र आर्थिक पहिचानको आधारमा संघीयता हुनु पर्ने उनले बताए ।उनले गणतन्त्रको मोह रहुन्जेल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको सम्भावना नरहको बताए ।
No comments:
Post a Comment