जेठ १४ पछिको भविष्य अनिश्चितः नेम्वाङ
काठमाडौं, वैशाख २९ संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जेठ १४ पछाडिको नेपालको भविष्य अनिश्चित भएकोले त्यस अगावै संविधान जारी अनिवार्य भएको बताएका छन् । प्रेस चौतारी नेपालको देशव्यापी दवाव अभियान अन्तर्गत काठमाडौं जिल्ला समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय सहमतिको सरकार बन्ने आधार देखिएकाले पनि संविधान समयमै आउने उनले विश्वास व्यक्त गरे ।दलहरुको अगाडी सहमति खोज्नुको विकल्प नभएको भन्द नेम्वाङले संविधानलाई सहमतिको दस्तावेज बनाउन आग्रह गरे । पछिल्लो समयमा दलहरु घनिभूत ढंगले बहुपक्षीय छलफलमा जुटेकाले पनि संविधान निर्माणको गति अगाडी बढेको उनको भनाई थियो ।
No comments:
Post a Comment