६ महिनाअघि सिंगापुरबाट बसाईं सरेका पारस बैंककको सेन्टर प्वाइन्ट सोई–९ मा बस्दै आएका थिए । आफ्ना तीनजना बच्चा स“गै लिएर बसेका उनी अहिले पुरानो फ्ल्याटबाट समेत सरिसकेका छन् । आमा कोमलका निकै प्यारा पारसलाई ज्ञानेन्द्रले भने अहिले नेपाल नआउनू भनी उतै रोक्दै आइरहेको स्रोतले बताएको छ । ज्ञानेन्द्र यस्तो बेलामा नेपाल आएर केही उपद्रो गरिदिइहाल्यो भने बबाल हुन्छ भन्दै उनलाई उतै अल्मल्याइरहन चाहन्छन् । स्रोतका अनुसार ज्ञानेन्द्रको आज्ञा मानेर पारस उतै बसेका चाहि“ होइनन् ।
उनी एउटी थाई केटीको चक्करमा रहेको पूर्वराजपरिवारको आशंका छ । विदेशको वास, त्यसमाथि केटीको चक्कर ! पारसलाई अहिले खर्चको निकै ठूलो संकट परिरहेको छ । खर्चिलो स्वभावका उनी यहा“बाट तोकेर पठाइएको पैसाको भरमा चल्नुपर्ने भएपछि समस्यामा परेका हुन् । हुन त उनलाई काका धीरेन्द्रकी छोरी (पारसकी बहिनी) हरूले अलि–अलि खर्च ठेल्ने गरेका छन् । त्यसका अलावा नातेदार रेडियोलोजिस्ट सैनिक कर्णेल डा. राजीव शाहीले पनि बेलाबखत ढाडस दिने गर्छन् । उनलाई विशेष रूपमा खानपिनमा साथ दिनेचाहि“ पूर्वराजा ज्ञानेन्द्रका भान्जा विकास शाह हुन् ।
No comments:
Post a Comment