Saturday, 19 May 2012

प्रचण्डपुत्रसगै भारतीय महिलाको पाइला

काठमाडौं । शान्ति र संविधानका लागि भन्दै सरकारस“ग दुई करोड लिएर विवादको घेरामा तानिएका प्रचण्डपुत्र प्रकाशको टोलीले सम्भवतः एक साताभित्र सगरमाथाको शिखरमा पाइला टेकेको समाचार सुन्न पाइनेछ । त्यही बेला भारतीय सेनाको महिला टुकडीसमेत सगरमाथा पुग्नेछ । प्रकाश दाहालको टोली ७२ सय मिटरको उचाइमा रहेको क्याम्प थ्रीबाट आधारशिविरमा झरेर हिजो बिहान नाम्चेआसपास खाना खाइवरी पुनः शिखर आरोहणमा जुटेको छ ।
उता, भारतीय स्थलसेनाध्यक्ष जनरल भिके सिंह नेपाल आउ“दादेखि नै दक्षिणको सैनिक टोलीले आरोहण सुरु गरेको छ । त्यसमा सात सदस्यीय महिला टोली संलग्न छ । टोलीलाई भारतीय राजदूत जयन्तप्रसाद, दूतावासका सैनिक सहचारी कर्णेल अजय पास्कोला र हाम्रा सेना प्रमुख छत्रमानसिंह गुरुङले आइतबार बिहान कालापत्थर पुगी आरोहण सफलताको शुभकामना दिएका छन् । कालापत्थर समुद्री सतहबाट ५ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ । सन् २००३ मा समेत सगरमाथा चढिसकेका पुरुष मेजरको कमान्डमा भारतीय महिला टोली अस्ति सोमबार क्याम्प–२ मा पुगेको छ । सूर्यको किरणका कारण उनीहरूका अनुहारको छाला डढेको छ । सम्भवतः यो टोलीले मे २१ तारिखमा सगरमाथाको शिखरमा पाइला टेक्नेछ ।
ढुकुटी धरापमा
पछिल्लो चरणमा महिलाहरू अपहरण हुने, भाग्ने, मर्ने र हराउने क्रम चुलि“दो छ । विशेषगरी ढुकुटीमा लागेर यो बर्बादी बढेको हो । राजस्वमा घाटा पर्ने यसप्रकारको ढुकुटीमा पहिलोले खाएर अरूलाई डुबाउने, पैसा उठाउन गुण्डा प्रयोग हुने, आफन्तले आफन्तलाई ‘नक्कली’ अपहरण गर्नेसम्मको अराजकता देखिन थालेपछि आर्थिक अराजकताको आ“कलन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसतर्फ हात हालेको छ । अख्तियारले प्रहरीलाई बैंक तथा वित्तीय कारोबारविपरीत भन्दै आºना कर्मचारीलाई तह लगाउन निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सोमबार देशभरिका युनिटमा परिपत्र गरेको छ । परिपत्रमा प्रहरी र निजका परिवार नै यसप्रकारका गैरव्यवसायमा संलग्न रहेको पाइएकाले आइन्दा यस्तो धन्दामा कोही लागे कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

No comments:

Post a Comment