Saturday, 19 May 2012

संविधानको मस्यौदा एकमुष्ठ पारित हुने गरी अन्तरिम संविधानमा संशोधन

माधव ढुङ्गेल, काठमाडौं, जेठ ६ - व्यवस्थापिका संसदको भर्खरै सम्पन्न बैठकले जारी हुने संविधानको विधेयकलाई एकमुष्ठरुपमा पारित गर्न सकिने गरी अन्तरिम संविधान २०६३ को १२ औं संशोधन पारित गरेको छ। कूल ५ सय ३६ उपस्थितमध्ये ५ सय ३३ ले संशोधनको पक्षमा र बाँकी ३ जनाले विपक्षमा मत जाहेर गरे। विपक्षमा मत हाल्नेमा कमल थापा नेतृत्वको राप्रपमा नेपालका सभासद्हरु थिए।

संविधान संशोधनपछि संविधान मस्यौदा पेश हुनासाथै सोझै पारित गर्नसक्ने बाटो खुला भएको छ। 

No comments:

Post a Comment