"दश जिब्रे प्रचण्ड कलियूगका रावण "
नेपाली कांग्रेस र नेकपा एमाले सम्वद्ध युवा तथा विद्यार्थी संगठनले १० गते बृहद सद्भाव र्याली निकाल्ने भएका छन् । युवा संघ, तरुण दल, अनेरास्ववियु र नेविसंघले संयूक्त पत्रकार सम्मेलन गरी पछिल्लो समयमा मुलुकको जातीय सदभाव खलबलिन थालेको भन्दै जातीय सदभाव कायम गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले सम्वद्ध युवा तथा विद्यार्थी संगठनले १० गते बृहद सद्भाव र्याली निकाल्ने भएका छन् । युवा संघ, तरुण दल, अनेरास्ववियु र नेविसंघले संयूक्त पत्रकार सम्मेलन गरी पछिल्लो समयमा मुलुकको जातीय सदभाव खलबलिन थालेको भन्दै जातीय सदभाव कायम गर्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डलाई कलियूगका रावण भन्दै उनले दश जिब्रो भएको बताउनु भयो । प्रचण्डले मान्छे पिच्छे फरक फरक अभिब्यक्ति दिदा मुलुकमा जातीय द्धन्द्ध बढेको उहाँको आरोप छ । उहाँले भन्नुभयो-’प्रचण्डको दुई जिब्रे ब्यवहारले रुवाण्डामा हाड र छाला भएको बच्चासँगै एसएलआर बोकेर जनता लड्न बाध्यता आए जस्तै नेपालमा पनि त्यस्तै ब्यवहार ल्याउँदै छ ।’ प्रचण्डले भावनामा बगेर मुलुकलाई कता पुर्याउन खोजेका छन् भनि प्रश्न गर्दै बस्नेतले भोलीका दिनमा प्रचण्डले विदेशमा गएर आश्रय लिएर ज्यान जोगाउने दिन आउने चेतावनी दिनुभयो । भारतीय काउन्सिलर एसडी मेहताले बोलेको समाचारसंघीयतासम्वन्धि माग राख्दै विभिन्न समूहबाट लगातार भइरहेको बन्दको विरोधमा बुधबार राजधानीसहित देशभर बुधबार वृहद राष्ट्रिय सद्भाव सभा गरिने भएको छ । बन्दका क्रममा सामाजिक सद्भाव खलबल्याउने गतिविधि समेत हुन थालेकाले राष्ट्रिय सद्भाव सभाको आयोजना गर्न लागिएको नेपाल नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
महासंघको अगुवाईमा नेपाल चेम्वर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ, हिसान्, प्याव्सन, एन प्याव्सन, नेपाल पत्रकार महासंघ, मिडिया सोसाइटी, टेलिभिजन वोडकाष्टर्ड नेपाल, नेपाल वार एशोसिएशन, होटल एशोसिएशन अफ नेपाल, मारवाडी सेवा समिति, नेपाल मानव अधिकार संघ, नेपाल मानव अधिकार संगठन, इन्जिनियर्स एसोसिएसन, मेडिकल एसोसिएसन, नेपाल प्राध्यापक संघ, म्यानेजमेन्ट एसोसिएसन नेपाल, गरिखान देउ, समृद्धि फाउन्डेशन लगायतका अन्य संघ संस्थाहरुको सहभागितामा रहनेछ ।
No comments:
Post a Comment