स्थिति असहज भएपछि पुगेको प्रहरीले जनजाति महासंघ महासचिव शेर्पासहित जनजाति नेताहरुलाई बाहिर निकालेको थियो । बाहिर निस्कंदै गर्दा शेर्पाले क्लव अध्यक्ष धमलालाई नाम किटेरै, तलाईं छाड्दिन, भन्ने अभिब्यतिm दिएका थिए । यस्तै शेर्पाको विरोध गर्ने पत्रकार खिला कार्कीलगायतको फोटो खिचेका थिए ।
शेर्पाले यसअघि नेपाल पत्रकार महासंघलाई बुझाएको ज्ञापनपत्रमा पनि जनजाति आन्दोलनमा सहयोग नगरे मिडिया बहिस्कार गर्ने र विज्ञापन समेत नदिने चेतावनी दिएका थिए । आज भने उनले, जनताले दुःख पाए भनेर ब्राम्हण समाज, पत्रकार महासंघले र्याली निकालदै छ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार पत्रकार महासंघले र्याली निकाले बाँकी राखिने छैन भन्ने अभिब्यक्ति दिएका थिए ।
No comments:
Post a Comment