दर्शकको इच्छाशक्ति कस्तो हुन्छ ? सिनेमा सायदले यस्तो इच्छाशक्ति जगाइदियो, जसलाई हेर्न बन्द छिचोलेरै भएपनि दर्शक हलसम्म पुगे । अष्टनारायण, गुण र विश्वज्योति सिनेमा हलमा सिनेमा हेर्न कतिपय दर्शकले सात किलोमिटर टाढाबाटै पैदल नापे । मनोरञ्जनका वैकल्पिक माध्यम सबै ठप्पप्रायः रहेको बेला सायद रिलिज भैदियो । पायक पर्ने हलमा सिनेमा हेर्नजानेमा अष्टनारायण हल प्रमुख रह्यो, जहाँ बन्दको कुनै गुन्जायस थिएन ।
गुण र विश्वज्योति हलको अकुपेन्सी करिब ९० प्रतिशत रह्यो । डीसीएनले उपत्यकाका १४ पर्दाको पहिलो दिनको अकुपेन्सी (दर्शक क्षमता) औषत ७० प्रतिशत रहेको जनाएको छ । पहिलो दिन नेपाल बन्दको असर परेपनि दोस्रो दिनदेखि सिनेमाको कलेक्सन उकासिने आशा गरिएको छ । ठूला मल्टिप्लेक्स (क्यूएफएक्स, बिग सिनेमा, गोपिकृष्ण)बाहेकका सिंगल स्क्रिनमा सिनेमा रिलिज भएको हो । डीसीएन वितरण प्रमुख दीपक दंगालले सिंगल स्क्रिन, त्यसमा पनि बन्दको दिनमा सिनेमाको कलेक्सन राम्रो रहेको बताए । निर्माता र कलाकार पैदल हिँडेरै हलसम्म पुगेका थिए ।
No comments:
Post a Comment