कम्युनिस्टलाई कट्टुवाल बनाएर अर्कै कम्युन
काठमाडौं ।
भनिन्छ, जीवनमा बढी पाप र अपराध गरेका मान्छेले नै धर्म र आदर्शको बढ्ता बखान गर्छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तीन महिना सम्झाएर कम्युनिस्ट बनाएको दाबी गर्ने काठमाडौंको मातातीर्थमा ‘आध्यात्मिक केन्द्र’ खोलेर बसेका एकजना ‘बिग्रेका’ कम्युनिस्टले यतिबेला निकै ठूलो आदर्श र आध्यात्मको कुरा गरे पनि विगतमा उनले गरेको कर्तुतका बारेमा भने नेपालका पुराना कम्युनिस्ट नेताहरू अझैसम्म बेखबर छैनन् ।
प्रसँग हो, काठमाडौंको मातातीर्थस्थित ‘पथिक फाउन्डेशन’का मालिक टंकनाथ पौडेल (टिएन पथिक) को । उनले हालै एक आइतबारे साप्ताहिक पत्रिकामा आफूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तीन महिनासम्म सम्झाएर कम्युनिस्ट बनाएको दाबी गरेका छन् । आफूले खोलेको कम्युनमा ४० जना रहेको, फाउन्डेसनले १४ वटा गाई पालेको र काठमाडौं तथा देवघाटमा गरी ५० रोपनी भूमिमा जैविक खेती गरिएको सगर्व बताएका छन् । साथै उनले २१ दिनमा मान्छेलाई ईश्वर र आत्मास“ग साक्षात्कार गराइदिने दाबी गरेका छन् । मान्छेलाई २१ दिनमा बनाउने दाबी गर्ने उनले चलाएको कलेज आºनो अनुपस्थितिमा बन्द भएको पनि बताएका छन् ।कम्युनिस्ट पार्टी छाडेर जीवनको खोजीमा हि“डेपछि ओशोको निकट पुगे र सत्य पत्तो लगाएको दाबी गर्ने पथिकले अहिले आध्यात्मिक कम्युन खोलेर बसे पनि विगतमा उनले कम्युनिस्ट दर्शन अनुरूप कम्युन बनाउने नाममा कार्यकर्ताबाट लिएको सम्पत्ति भने अहिलेसम्म दम्पच पारेका रहेछन् । सायद यही कूकार्यलाई बिर्सन उनले आफूलाई ‘नितान्त नया“’ मान्छे भएको दाबी गरेका हुन् कि ? पुष्पलाल समूह हु“दै सर्वहारावादी श्रमिक संगठनमा आवद्ध भएका पथिकले पार्टीका साथीहरूको सम्पत्ति साझा बनाउनुपर्छ भन्दै सहपाठीहरूको जग्गा बेच्न लगाएका थिए । यहीक्रममा हाल नेकपा एकीकृतमा रहेका, कार्लमाक्र्सको पु“जी नेपालीमा अनुवाद गर्ने युवराज पन्थी (उज्वल)ले पनि आºनो जग्गाजमीन बेचेर पथिकलाई पैसा बुझाएका थिए । पछि पटकपटक ताकेता गर्दा पनि पथिकले उनलाई सो पैसा फिर्ता गरेनन् । पन्थीका अनुसार पथिकले त्यसरी जम्मा पारेको सम्पत्ति श्रीमतीमार्फत् निजी बनाएका थिए । टिएन पथिकले आºनो सम्पत्ति खाइदिएको बारेमा अनुवादक युवराजले केही समय पहिले जनआस्थालाई दिएको अन्तरवार्तामा भनेका छन् –‘‘जेलमै छ“दा हामीले सम्पत्ति पार्टीलाई दिने कबुल गरेका थियौ“ । त्यसपछि अंशबन्डा गरेर मैले आºनो भाग बेची पार्टीलाई सबै पैसा बुझाएको हु“ । त्यसबेला परिवारका सदस्यले अति नराम्रो माने । कम्युनिस्ट एकता सम्पर्क समितिमै हु“दा त्यसका नेता टंकनाथ पौडेललाई बुझाएको हो । त्यसबाट हामीले कञ्चनपुर बेलौरीमा पार्टीका लागि भनेर घडेरी किनेका थियौ“ ।पछि टंकले त्यो जग्गा आºनो बनाए । हामी पनि चौमतिर लागिहाल्यौ“ । मैले एक÷दुईचोटि टंकसित सम्पत्तिसम्बन्धी कुरा उठाए“ । हामीलाई आर्थिक संकट पर्दा मैले भैरहवामा स्टाफ नर्स रहेकी उनकी श्रीमतीस“ग अलिकति पैसा माग्न टंकसित आग्रह गरे“, तर टंकले भने– ‘तपाईंको सबै सम्पत्ति सकि“दा पनि मलाई चिन्ता लागेको थिएन, तर, मेरी श्रीमतीको एक पैसा पनि मास्न मन लाग्दैन ।’ अहिले टंकले काठमाडौंमा ओशोको आश्रम चलाएका छन् । उनको अहिलेको नाम टिएन पथिक हो । उनकी श्रीमती डाक्टर छिन् ।’’ बेलौरीस्थित पार्टीको साझा अचल सम्पत्ति खाएर जोगी भएका यी महोदयले यतिबेला मातातीर्थमा कम्युन बनाए पनि पार्टीलाई निजी सम्पत्ति बुझाउने युवराज पन्थीजस्ता सोझा कम्युनिस्टहरूको आर्थिक अवस्था भने सोही कारणले अहिलेसम्म माथि उठ्न सकेको छैन । ठूलो आदर्शको कुरा गर्ने र मान्छेलाई २१ दिनमा ईश्वरसित साक्षात्कार गराउछु भन्ने पथिकजस्ता मान्छेले विगतमा रुवाएका मान्छेहरूको आ“शुचाहि“ पुछ्नुपर्छ कि पर्दैन ? यसको जवाफ कुन आध्यात्मवादले देला ?कट्टु लगाएर विहेमा जादा प्रचण्ड रुष्टटिएन पथिककी श्रीमती स्टाफ नर्श भएकोले पथिकको आर्थिक अवस्था नराम्रो थिएन । तर, युवराज पन्थीको अवस्था भने यति दयनीय थियो कि आºनो विवाहमा बेहुलो बनेका बेलामासमेत पुष्पकमल दहाल (प्रचण्ड)लाई समेत छक्क पार्दै उनी हाफप्यान्टमात्रै लगाएर कार्यक्रमस्थल पुगेका थिए । आºनो विवाहको प्रसंगमा पन्थीले जनआस्थालाई भनेका छन् –‘मलाई चित्रबहादुर केसीले सरस्वती शर्मासित विवाहको प्रस्ताव राख्नुभयो । म घरैमा थिए । केटीपट्टिचाहि पुष्पकमल दाहाल (प्रचण्ड) ले कुरा गर्नुभएको रहेछ । पछि दिल्लीमा पार्टीको कार्यक्रम थियो । दिल्ली जाने वेलामा निर्मल लामाले सरस्वती पनि त्यहा आउछिन् भन्नुभयो । दिल्लीमा प्रचण्ड र चित्रबहादुर केसी सबै थिए । तर, त्यहा मेरो प्यान्ट टाइट भएर फस्नर बिग्रियो । अर्को थिएन । त्यसैले म हाफपाइन्ट मात्रै लगाएर कार्यक्रमस्थलमा पुगे । प्रचण्डले चित्रबहादुरसग ‘बिहा गर्ने मान्छे पनि केको हाफपाइन्ट लगाएर आएको ? मागेर भए पनि प्यान्ट लगाएको भए हुन्थ्यो’ भन्नुभएछ ।
No comments:
Post a Comment