Monday 21 May 2012

हिंसा भड्काउन दाहालले उक्साए आदिबासीलाई : विश्वास

इटहरी, जेठ ८ - आदिवासी जनजाति मधेसी, दलित मुस्लिम गणतान्त्रिक गठनबन्धनका अध्यक्ष किशोरकुमार विश्वासले जातीय हिंसा फैलाउँन सक्ने आन्दोलन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको उक्सावटमा भएको आरोप लगाएका छन्। तीय हिंसा फैलिएमा त्यसको जिम्मेवारी उनैले लिनुपर्ने उनको कथन थियो। 
'स्वतन्त्र प्रेसमाथि आक्रमण गरेर मुलुकमा त्रासको वातावण सिर्जना गरी संकटकाल घोषणा गर्ने रणनीतिले प्रचण्डले आदिवासी जनजातिलाई उक्साएका हुन,' इटहरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विश्वासले भने। उनले अराजकता फैलाएर संविधान सभाको म्याद थप्ने खेलमा प्रचण्ड लागेको जिकिर गरे।
'संविधान निर्माणमा सहज वातावरण सृजना गनुपर्नेमा अराजकता फैलाउनु निन्दनीय हो। त्यसैले प्रचण्डले पहिला पत्रकारसँग माफी माग्नु पर्छ अनि आयोजकले।' उनले अराजकता फैलाएर माओवादीसहित ठूला दल संकटकाल लगाएर संविधानसभाको समय बढाउँने खेलमा लागेको बताए।
'जेठ-१४ मा संविधान जारी नभए मुख्य दोषी राष्ट्रपति सहित ठूला राजनीतिकका दलका नेता हुनेछन,' उनले भने,'जेठ-१४ पछि राष्ट्रपतिको संवैधानिक रुपमा हैसियत सकिनेछ।' उनले तोकिएकै समयमा संविधान जारी गर्न राष्ट्रपतिले दबाब सृजना गर्न नसकेको जिकिर गरे।
पत्रकार सम्मेलनमा गठबन्धमा रहेका खम्बुवान राष्ट्रिय मोर्चा, समाजवादी पार्टी, कोचिला संयुक्त संघर्ष मोर्चा, दलित गणतान्त्रिक मोर्चा लगायतका नेताहरुको उपस्थिती रहेको थियो।