Sunday 13 May 2012

रञ्जु झा जिउँदै छिन् !-नीर शाह

जतिबेला मलाई यो लेख लेख्ने भाव जाग्यो, मैले तत्कालै अनुभूत गरेँ कि म यो लेख कलममा मसीको सट्टा आँसु भरेर लेख्दै छु । श्रमिक आन्दोलनका दिन मैले सुन्नु र पढ्नुपरेको एउटी श्रमजीवी अभिनेत्रीको मृत्यु । योभन्दा दुःखद संयोग अरू के हुन सक्छ नाट्य श्रमिकहरूका लागि ? यो दशककी अत्यन्त प्रतिभाशाली अभिनेत्री रञ्जु झाको मृत्यु... बम विस्फोटमा ।

जनकपुरमा एउटा संस्था छ- मिथिला नाट्य परिषद् जसलाई धेरैले छोटकरीमा मिनाप भनेर सम्बोधन गर्छन् । त्यसमा आबद्ध थुप्रै लेखक र कलाकार छन् । त्यसमा संलग्न लेखक र कलाकारहरूले विभिन्न कालखण्डमा प्रस्तुत गरेका सिर्जनाबाट यो देशको नाट्यकर्म धनी हुनपुगेको छ । यी नामको योगदान नेपालको नाट्यकर्मको इतिहासबाट हटाएर हेर्ने हो भने त्यो इतिहास अपूर्ण हुन्छ र त्यो अपूर्णताले भाषा र संस्कृतिका क्षेत्रमा क्षति पुर्‍याउँछ । यसरी मिनापमार्फत योगदान दिनेहरूको सूची लामो बन्न सक्छ, तर त्यसमध्येको एउटा उल्लेखनीय नाम हो- रञ्जु झा ।

कुनै दिन प्रज्ञा-प्रतिष्ठानको प्रेक्षालयमा देशभरिका रंगकर्मीहरू उपस्थित हुन्थँे, नाटक महोत्सव मनाउनका लागि । ती दिनहरूको सम्झना गर्दा प्राज्ञ अशेष मल्ललाई सम्झनैपर्ने हुन्छ । मैले पनि प्रज्ञा-प्रतिष्ठानमा मेरो संलग्नता रहुन्जेल प्राज्ञ अशेष मल्लकै क्रियाकलापहरूलाई निरन्तरता दिने प्रयास गरेँ । त्यसैताका आयोजित नाटक महोत्सवमा मैले रञ्जु झालाई भेटेको हुँ । नाटक महोत्सवको एउटा अतुलनीय उपलब्धि मेरा लागि के हुनगएको थियो भने मैले त्यस अवसरको प्रतिफलका रूपमा देशभरिका प्रतिभाशाली कलाकारहरूलाई चिन्ने अवसर पाएँ । तीमध्ये एक थिइन् रञ्जु, जोभित्र मैले एउटा उर्वर र स्पष्ट कलाकारिताको प्रबल शक्ति भेटेँ । त्यो वर्ष उनी त्यो महोत्सवको सर्वाेत्कृष्ट अभिनेत्री पनि घोषित भइन् । म रञ्जुको अभिनय कलाबाट यति प्रभावित भएको थिएँ कि मैले माता सीतालाई मनमनै आभार व्यक्त गरेको थिएँ, एउटी प्रतिभाशाली कलाकारलाई आफ्नो आँगनमा जन्म दिएकामा । तर रञ्जु झा त्यही दिन दिवंगत भइन्, जुन दिन सीता जन्मजयन्ती थियो । माता सीताले यहाँनेर पनि अर्काे गुन लगाइन् रञ्जुलाई, यदि रञ्जु हातखुट्टा नचल्ने भएर बाँच्नुपरेको भए तिनले कसरी अभिनय गर्थिन् ? बोल्न नसक्ने भएर बाँच्नुपरेको भए कसरी संवाद बोल्थिन् ? सीताले रञ्जुलाई सपाङ्गै आफूभित्र समाहित गरिन् ।

एक दशक र आधा अथवा १५ वर्षयता रञ्जुको अभिनय यात्रा निरन्तर अगाडि बढ्दै गयो । उनी रेडियोमा सुनिइन्, चलचित्रमा देखिइन् । म उनको निखारिँदै गएको प्रतिभाको अध्ययन गर्ने विद्यार्थी भएको थिएँ । पोहोर साल आजकै दिन अर्थात् १ मे २०११ को दिन अमेरिकामा मैले जब मसानको पटकथा लेख्न सुरु गरेँ, मेरो मनमा अनेकौं नेपाली नारीहरूको चित्र सल्बलाउन थाल्यो । सामाजिक संरचनाभित्रका कुप्रथाहरूविरुद्ध आवाज उठाउने महिलाहरूको । ती नारी पात्रहरूको जसले जातीय उत्पीडनविरुद्ध आवाज उठाए, धार्मिक अन्धविश्वासको विरोधमा आवाज उठाए, पुरुष दमनका विरोधमा आवाज उठाए । मसानको केन्द्रीय नारी पात्र पनि त्यसैअनुरूप भएकीले मैले यथार्थ जीवनमै यस्तो भूमिका खेलेका नेपाली नारीहरूलाई सम्भिmएँ । त्यसमध्ये एउटी थिइन्- रञ्जु झा । कसरी तिनले अभिनय क्षेत्रमा ओर्लिने आँट गरिन् र सामाजिक अन्यायको विरोधमा बोलिरहिन्, नाट्य धरातलका अनेक मञ्चहरूमा । एक प्रकारले मसान नाटकको चलचित्र पटकथा लेखनमा मलाई उनी प्रेरणा भएर उदाइन् । यो कुरा कुनै दिन मेरो मित्र तत्कालीन मिनापका अध्यक्ष वरिष्ठ रंगकर्मी सुनील मिश्रलाई भनुँला भन्ने सोच्दै थिएँ, अवसर मिलेको थिएन । तर आजै अखबारमा तिनै सुनील मिश्रलाई रञ्जुको मृत्युको खबरले भावविह्वल भएको तस्बिरमा देखेँ । करिब ४ वर्षजति अगाडि कुनै नाटक मेलामा रञ्जुसँग भेट भएको थियो । मेरो उनीसँगको त्यो अन्तिम भेट हुन पुग्यो । त्यतिबेला रञ्जुले मसँग उनका छोराहरूका बारेमा कुरा गरेकी थिइन् । मैले अखबारको तस्बिरमा उनका छोरा रुँदै गरेको पनि देखेँ, दुर्भाग्य ।

अन्तरहृदयका तरंगहरूलाई हाउभाउ र कटाक्षका साथ उपयुक्त स्वरलहरमा मिसाएर अभिव्यक्त गर्ने कलालाई मैले अभिनय कला भनेर बुझ्ने गरेको छु । जसले यो सीपलाई प्रदर्शन गर्ने क्षमता राख्छ, ऊ मेरा लागि उत्कृष्ट कलाकार हो । रञ्जुमा त्यो सीप थियो । त्यसैले म रञ्जु झालाई उत्कृष्ट कलाकार मान्छु । नाट्यकर्मका विभिन्न मञ्चहरूमा देखिएका यस कालखण्डका उत्कृष्ट कलाकारहरूमध्ये एक थिइन्, रञ्जु झा ।

जुनसुकै राजनीतिक व्यवस्थाअन्तर्गत कलाको उत्थानका लागि भनेर गठन भएका निकायहरूमा मिनापजस्ता संस्थाहरू र त्यसका प्रतिभाशाली कलाकारहरूको भूमिका न्यून नै रहिरह्यो । उपयुक्त किसिमका अवसरहरू उपलब्ध गराइएको भए त्यसका जुझारु र प्रतिभावान् व्यक्तित्वबारे धेरै जानकारी प्राप्त हुँदो हो । हालै गठन भएको संगीत नाट्य प्रज्ञा-प्रतिष्ठान पनि यो आलोचनाबाट मुक्त रहन सकेन । मोफसलमा यस्ता थुप्रै प्रतिभाहरू छन्, जसलाई समाजले चिन्न सकेको छैन । अथवा चिनाउन सकिएको छैन । त्यस्तै प्रकारको उपलब्धि बोकेको व्यक्तित्व हो, रञ्जु झा ।

मैले चिनेकामध्ये दुईजना मंगलादेवी सिंह र शैलजा आचार्यको निधनले राजनीतिक क्षेत्रलाई मर्माहत तुल्यायो होला भन्ने मलाई लागेको छ । सांस्कृतिक क्षेत्रलाई रञ्जु झाको मृत्युले ठूलो क्षति पुर्‍याएको छ । हुन त कर्मको आधारशिलामा बाँच्नेहरू कहिल्यै पनि मर्दैनन् भन्छन्, त्यसैले मलाई लाग्छ, रञ्जु झा जिउँदै छिन् । साभार : इ–कान्तिपुर

अश्लिल सिनेमालाई रोकियो अनुमति


कतै तपाईँ अश्लिल लाग्ने खालका सिनेमा निर्माण गर्दै त हुनुहुन्न ? यदि हुनुहुन्छ भने पख्नुस । तपाईँले निर्माण अनुमति नपाउन पनि सक्नुहुन्छ । अश्लिलजन्य सिनेमा निर्माणको क्रम बढेपछि चलचित्र विकास बोर्डले त्यस्ता सिनेमालाई निर्माण अनुमति दिन रोकेको छ । पछिल्लो सातादेखि बोर्डले निर्माण अनुमति दिन निकै कडाइ गरेको छ ।
 
 
last_kiss_in_400
 
अध्यक्ष गणेश भण्डारीले सिनेमाको संरचना र बजार नबुझिकनै निर्माणमा हात हाल्न लागेका र अश्लिलजन्य चलचित्र निर्माणको क्रम बढेपछि यस्तो व्यवस्था गरिएको बताए । सिनेमा दर्ता गर्न स्क्रिप्ट लिएर बोर्ड पुग्ने निर्माता र निर्देशकलाई बोर्डले पहिलो चरणमा परामर्श दिन थालेको छ । काउन्सिल चरणमा निर्माताको सिनेमाबारेको अनुभव र ज्ञान बुझिनेछ । दोस्रो चरणमा गोप्यरुपमा बोर्डले गठन गरेको समितिले स्क्रिप्टको अध्ययनपछि उपयुक्त ठहराए मात्र निर्माण अनुमति दिइने नयाँ व्यवस्था गरिएको छ । 

पछिल्लो समय अनुभवी निर्माताले समेत निर्माण इजाजत पाउन सकेका छैनन् । अध्यक्ष भण्डारीले यस्तो व्यवस्थाले बुझेका र अनुभवी निर्मातालाई प्रोत्साहन हुने बताए । अश्लिल सिनेमा निर्माणमा रोक लगाउन यस्तो व्यवस्थाले सघाउने उनले बताए । सिनेमाको माग र आपूर्तिको सन्तुलन मिलाउन निर्माण इजाजतमा कडाइ गरिएको उनको भनाइ छ । स्क्रिप्ट अध्ययनको समितिको संरचना र नाम गोप्य राखिएको छ । 

बोर्डले हालै सार्वजनिक गरेको दस बुँदे नीति तथा कार्यक्रममा सिनेमा निर्माण व्यवस्थापन गर्ने कार्यक्रम समेटिएको थियो । यही कार्यक्रमअन्तर्गत रहेर बोर्ड निर्माण इजाजतमा अनुदार बनेको हो । बोर्डको यो कार्यक्रमले अश्लिलजन्य सिनेमा निर्माणको तयारीमा रहेका निर्माता र निर्देशक हतोत्साही हुने अपेक्षा गरिएको छ । सामाजिक मर्यादा प्रतिकूलको कथाका सिनेमालाई बोर्डले अश्लिल भनेको छ । 

बिगारिँदैछ विदेशी बजार –मोहन डोटेल


सावधान ! यदि तपाईं लुटले पैसा र नाम कमायो अनि अब हामी पनि हाम्रै देशमा सिनेमा देखाउनुपर्छ तथा एउटाले सक्यो भने अर्काले किन नसक्ने भनेर सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । लुट चल्नु पछाडि थुप्रै कारणहरू छन् । प्रमुख कारण हो –सिनेमा आफैमा राम्रो हुनु । नेपालमा बसेर विदेशको बजारका ठूला–ठूला कुरा गर्ने व्यक्तिहरू आज नेपालमा असफल भएको सिनेमा विदेशमा रिलिज गर्दैछन् । के पैसा नै ठूलो कुरा हो त ? सिनेमा नराम्रो छ भनेर थाहा हुँदा–हुँदै के ती सिनेमाहरू विदेशमा रिलिज गर्नु के राम्रो काम हो ?

धन्यवाद छ, इभेन्ट आयोजकहरूलाई जसले नेपाली सिनेमाको बजार नेपाल बाहिर पनि भनेर प्रमाणित गरेर देखाइदिए । अष्ट्रेलियामा लुटपछि सिनेमा रिलिज हुने वातावरण बनेको छ । सुनिएअनुसार नेपालमा लगानी उठाउन नसकेका सिनेमा साथी म तिम्रो र आइएम सरीका अभिनेताहरू अष्ट्रेलिया जाँदैछन् । हाँसो उठ्दो कुरा के छ भने, जुन अभिनेता जसले नेपालमै सिनेमाको ब्यापार सुनिश्चित गर्न सकेनन्, के उनले अष्ट्रेलियामा सिनेमाको ब्यापारलाई सुनिश्चित तुल्याउन सक्लान् ? 

हामी आफैले बनाउने भनेको विश्व बजार किन बिगारिरहेका छौं ? हामीले एकपटक गम्भिर भएर सोच्नुपर्ने भएको छ । हामी छोटो समयमै नाम र दाम कमाउन चाहन्छौं र आफैले बोलेको जस्तो साँच्चिकै सिनेमाको विकासका लागि सहयोग गर्न चाहन्छौं । लुटपछि जति पनि सिनेमा रिलिज हुन्छन् र हुँदैछन् यी सबै असफल हुने निश्चित छ । नेपालमा असफल भएका सिनेमा विदेशमा रिलिज गर्नु के सहि काम हो ? लुटबाट धेरै कुरा सिक्नुपर्छ । 

विदेशमा व्यस्त जीवन बिताइरहेका नेपालीहरू मानिसलाई हेर्न होइन, सिनेमा हेर्न आउँछन् । तपाईं आफ्नो पहिलो इभेन्ट नै अन्तिम बनाउन चाहनुहुन्छ ? जुन विश्वासले तपाईंले बोलाएका मान्छेहरू तपाईंले आयोजना गरेको सिनेमा हेर्न आउँछन्, सोच्नुस –कति निराश हुन्छन् उनीहरू, यदि तपाईंले सम्बन्धलाई ब्यापारमा प्रयोग गर्नुभएको र धोका दिनुभएको थाहा भयो भने । अहिलेको समय प्रतिस्पर्धा गर्ने होइन सबै मिलेर हातेमालो गर्ने हो । अरुले सिनेमा रिलिज गरे, म पनि गर्छु भन्दापनि उसले राम्रो सिनेमा रिलिज गर्‍यो, म यो भन्दा पनि राम्रो सिनेमा रिलिज गर्छु र सबैको पैसा असुल हुने गरी मनोरञ्जन दिन्छ भनेर सोच्नु अहिलेको आवश्यकता हो । 

अपवाद : नेपाल रिलिज स्थगित


राजनीतिक अस्थिरतालाई कारण देखाउँदै सिनेमा ‘अपवाद’ले पूर्वनिर्धारित अलनेपाल रिलिज स्थगित गरेको छ । सिनेमा रिलिज हुने दिन जेठ ५ मा राप्रपा नेपालले नेपाल बन्दको आह्वान गरेको र जेठ १४ सम्मको राजनीतिक अन्यौलका कारण रिलिज पोस्टपोन्ड गरिएको निर्माता सुसन प्रजापतिले बताए । उनका अनुसार सिनमाको अमेरिका र अष्ट्रेलिया पूर्वनिर्धारित रिलिज भने उक्त मितिमै हुनेछ । 
 
apaa_400
 
‘नेपाल बन्द, राजनीतिक अस्थिरता र सबैको सुझावपछि रिलिज मिति स्थगित गर्न बाध्य भयौं’ प्रजापतिले मेरोसिनेमालाई भने, ‘निर्धारित मितिमा रिलिज गर्न नसेकेकामा हामी दर्शकसँग क्षमा माग्छौं ।’ ‘अपवाद’ प्रतीक्षित सिनेमा हो । शुक्रबारको नेपाल बन्दको दिनमा ‘सायद’ रिलिज हुँदैछ ।’ पोस्टपोन्डपछि ‘अपवाद’को रिलिज अनिश्चित बनेको छ । ‘राजनीतिक स्थिरताको लक्षण देखियो भनेमात्र सिनेमाको रिलिज तोक्छौं’ निर्माता प्रजापतिले भने ।

बन्द छिचोलेर सायद हेर्न थिएटरमा


saayad_anita_in_400दर्शकको इच्छाशक्ति कस्तो हुन्छ ? सिनेमा सायदले यस्तो इच्छाशक्ति जगाइदियो, जसलाई हेर्न बन्द छिचोलेरै भएपनि दर्शक हलसम्म पुगे । अष्टनारायण, गुण र विश्वज्योति सिनेमा हलमा सिनेमा हेर्न कतिपय दर्शकले सात किलोमिटर टाढाबाटै पैदल नापे । मनोरञ्जनका वैकल्पिक माध्यम सबै ठप्पप्रायः रहेको बेला सायद रिलिज भैदियो । पायक पर्ने हलमा सिनेमा हेर्नजानेमा अष्टनारायण हल प्रमुख रह्यो, जहाँ बन्दको कुनै गुन्जायस थिएन ।
 
 
गुण र विश्वज्योति हलको अकुपेन्सी करिब ९० प्रतिशत रह्यो । डीसीएनले उपत्यकाका १४ पर्दाको पहिलो दिनको अकुपेन्सी (दर्शक क्षमता) औषत ७० प्रतिशत रहेको जनाएको छ । पहिलो दिन नेपाल बन्दको असर परेपनि दोस्रो दिनदेखि सिनेमाको कलेक्सन उकासिने आशा गरिएको छ । ठूला मल्टिप्लेक्स (क्यूएफएक्स, बिग सिनेमा, गोपिकृष्ण)बाहेकका सिंगल स्क्रिनमा सिनेमा रिलिज भएको हो । डीसीएन वितरण प्रमुख दीपक दंगालले सिंगल स्क्रिन, त्यसमा पनि बन्दको दिनमा सिनेमाको कलेक्सन राम्रो रहेको बताए । निर्माता र कलाकार पैदल हिँडेरै हलसम्म पुगेका थिए । 

अमेरिका छोड्दै नायिका प्रियंका

अमेरिका 
कतिपय कलाकारहरु अमेरिका छिरेपछि उतै हराउने गरेका छन् । तर नायिका प्रियंका कार्की अमेरिकाको ग्रिन कार्ड होल्डर भएर पनि नेपाललाई कुनै पनि हालतमा नछाड्ने बताएकी छिन् ।

प्रियंकाले अबको जीवन फिल्म क्षेत्रसँग बिताउने बताउँदै अभिनयमा निरन्तर लाग्ने बताईन् । पछिल्लो समयमा चलचित्र 'मेरो बेष्ट फ्रेण्ड' र 'थ्री लभर्स'को काम सकेर एक महिने छुट्टि लिएर अमेरिका पुगेकी प्रियंकाले अबदेखि बिदामा घुम्नको लागि मात्र अमेरिका जाने बताएकी छिन् ।

मंगलबार नेपाल फर्किने तयारी गरिरहेकी प्रियंकाले यहाँ आए लगत्तै दिपेन्द्र के. खनालको चलचित्र 'भिजिलान्ते'मा काम गर्ने बताएकी छिन् । आफू अमेरिका नबस्ने भएपनि श्रीमानलाई भेट्न भने फुर्सद निकालेर बेला बेला अमेरिका जाने बताएकी छिन् ।

'PM cooking to extend CA's deadline'


KATHMANDU
While only fifteen days are left to meet the deadline to promulgate a new statute, Prime Minister Dr Baburam Bhattarai’s political advisor Devendra Paudel has revealed that the man at helm is engaged in the task of extending the tenure of the Constituent Assembly (CA).


“If CA’s term is not extended, nation will plunge into anarchy,” said Paudel speaking at an interaction organised by Reporter’s Club in the capital on Sunday.


While claiming that the CA would not be dissolved without issuing a new statute, Paudel asserted that the new statute will be promulgated by extending the deadline of the CA. 


“PM Bhattarai also believes that the CA shouldn’t be dissolved sans the statute.”


Having said that some regressive forces are hatching conspiracy against federalism, he said the ongoing indefinite shutdown enforced in the Far-western reflects the same story.


On the occasion, PM’s advisor Paudel also said that the UCPN-Maoist should not backtrack from its agenda of identity-based federalism.

Malaysia shatters Nepal's title dream

Kathmandu,
Nepal´s dream of winning the ACC U-16 Elite Cup Cricket title was shattered for second time in a row on Sunday. Nepal was defeated by host Malaysia by one wicket at the Kinrara cricket Ground in Kuala Lumpur, Malaysia.

In the last edition in 2010, Nepal lost to Singapore in the final. 

Stunning half century innings from Opener Virandeep Singh guided Malaysia towards the victory. Malaysia successfully chased the target of 118 runs losing nine wickets in 39.1 overs. Earlier, winning the toss Nepal was bowled out for 117 runs in 33 overs.

Man-of-the-match Singh was unbeaten on 54 runs off 119 balls with seven boundaries. Nepali bowlers were successful to remove other opener Nalin de Silva (0) cheaply. Malaysia had lost its first wicket with six runs on the board. Opener Singh and Vinay Singh shared 47-run partnership for the second wicket and made a base for Malaysia.

Vinay Singh scored 22 runs off 44 balls with three boundaries. Malaysia continued to lose wickets at regular intervals and was tottering at 87/8 in 32 overs. Singh and Shankar Sathish shared 20-runs partnership for the eighth wickets to take the team near victory. Sathish scored 12 runs off 11 balls with two boundaries.

Singh scripted Malaysia´s victory with a boundary in the first ball of the last over bowled by Kalicharan Yadav. Three of the Malaysian batsmen were out for a duck while four other batsmen failed to reach double figure. 

Akash Bista and Yadhav took two wickets each for Nepal while Jagdish Chand, Dipendra Chand and Sashi Misra shared a wicket each.

Earlier, Nepali openers Dipendra Chand and Nurdhoj Sen could not give sound start for Nepal as they shared 24-run partnership for the first wicket which was the second best partnership for Nepal in the match. Skipper Chand fell in the 4th overs with 21 runs from as many balls with three boundaries.

Sen was trapped LBW on 19 runs off 40 balls with three boundaries. After the fall of Sen, Nepali batsmen continued to lose wickets in regular intervals. Fifth order batsmen Akash Bista was the only set batsmen for Nepal. Bista scored 35 runs off 54 balls that included six boundaries. Sashi Misra scored 14 runs off 17 balls with three boundaries before being run out.

Two of Nepali batsmen were out for a duck while five other batsmen failed to reach the double figure. Shankar Goonasagaran grabbed three wickets in his eight over spell conceding 27 runs. Pavandeep Singh, Sharvin Muniandy and Shankar Satish shared two wickets each.

Aakash Bista was announced player-of-the-tournament while Nurdhoj Sen received best batsman award. Bista scored 109 runs and took 17 wickets in the overlall tournament with the economy rate of 2.48. Sen scored 182 runs with the average of 30.33. Pavandeep Singh of host Malaysia received best bowler award while match winner of the final Virandeep Singh of Malaysia was awarded the most promising player of the tournament. 

PM assures food and shelter to squatters


Kathmandu
Prime Minister Baburam Bhattarai, has promised food and shelter to the squatters compelled to live under the open sky since the past five days. Bhattarai met squatters on Sunday after the government came under severe criticism.

About 1,000 squaters becomes homeless, when the authority bulldozed their illegal settlement last week. Bhattarai becomes speechless when a 68-years-old Sabitri Giri cried. “Let me die here. How long would I be alive,” she pleaded with the prime minister. Giri has been living on a Guthi land near the settlement for the past 38 years. 

“I will manage food and shelter for all of you. This is not proper place to live. You will get your own houses,” Bhattarai pledged. He claimed the action was the result of lack of coordination between government agencies. 

Chief of Kathmandu Town Development Authority, Keshav Sthapit who was with the prime minister said all the squatters would be relocated to Himal Cement factory in the next few days. “The government will build home for them,” he said.



The squatters however, expressed doubt over the prime minister´s commitments. “We want permanent place to live, if they are to evict us again, we won´t go there,” said Padam Devkota, chairman of Landless Squatter Struggle Committee.

"Future of our children has become uncertain. They are deprived schooling so please make immediate arrangement for their study," Januka Pokhrel requested Bhattarai. She sais she did not have money to rent a room and fifteen thousand offered by government was not enough to survive in the capital.

Another victim complained that the government had created terror among all landless people by bulldozing their settlement.

Bhattarai said he understood their compulsions. "We wanted to evict squatters after giving alternatives. It was misfortune to demolish your homes without giving any alternatives. The cabinet has clearly decided to evict squatters only after giving alternative." he said. 

He requested them for not to worry and accept Rs 15,000 as immediate relief and that the government had planned permanent resettlement. "Either we give you land and low interest loans to build house or we ourselves will build home for you," he promised. 

150 students deprived of education

Before the authorities demolished settlement, more than 150 students were enrolled in Mechi Mahakali Primary School. With the government´s demolition drive the school was also destroyed. Now there is neither the school nor the settlement. 

“Due to problems in the family, they are reluctant to resume schooling,” Kalyan Adhikari, teacher of the school said. He said the school administration had managed to gather children at premises of Ram Mandir beside Norvic Hospital. 

“About 40 children have come into our contact. But due to different age group it is difficult for us to manage classes," Adhikari said. He said parents were not serious about sending their children to school. “Most of the parents do not know the importance of education, and their children love to play instead of going to school,” he added. 

बदला लिन छिमेकी महिलाद्वारा १४ महिने बालकको हत्या

  सिरहा, वैशाख ३१
 शुक्रबार सिरहाको कर्जन्हा-८ परयागपुर निवासी प्रमोद साहका १४ महिने छोरा किसनको हत्या भयो। नाबालक साहको घाँटीमा काँटी घोचेर हत्या गरिएको थियो। नाबालक हत्याको अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाको बयानबाट प्रहरीले डरलाग्दो तथ्य फेला पारेका छन्। 

सिरहा प्रहरी प्रमुख राजेशलाल कर्णले भने- अपराधको यो अहिलेसम्मकै क्रुर रुप हो। हत्या गरिएका नाबालककी हजुरआमालाई उनका छिमेकी ललितादेवी ठाकुरले बोक्सी लगाएर आफ्नो छोरा र आमालाई मारेको अनि आफूलाई पागल बनाएको आरोप लगाउँदै आएकी थिइन्। त्यसैको बदलास्वरुप किसनलाई आफूले मारेको ती महिलाले प्रहरीमा बयान दिएपछि प्रहरी तीन छक्क परे। २ वर्षपहिले आफ्नो छोरालाई बोक्सी लगाएर पोखरीमा डुबाएको र आमालाई बोक्सी लगाएर बिरामी बनाई मारेको सोचले ती महिलाको दिमागमा बदलाको भावना जन्मायो- कर्णले भने।


यतिसम्म कि क्रुर महिला जसले नाबालकलाई किला घोची घोची मारिन्, मैले अहिलेसम्म यस्तो घटना थाहा पाएकै थिइन्- कर्णले भने। यो अपराधले यहाँको समाजको मानसिकता कतातिर गइरहेको छ भन्ने झल्काउँछ- उनले बताए।


गत बिहीबार साँझ नाबालक किसन खेल्दाखेल्दै सामुने रहेको ललिताको घर पुगे। ललिता कलमा कपडा धुँदै थिइन्। बच्चा कलसम्म पुगेर खेल्न थाल्यो। कपडा धोइसकेपछि उनले बच्चालाई काखमा उचालिन् र एकछिन खेलाइन्। काखमा उठाएर खेलाउँदै घरमा काट्ने सामान खोज्न थालिन्। त्यत्तिकैमा उनले काँटी (किला) भेट्टाइन्। त्यही किला बच्चाको घाँटीमा घोचेर हत्या गरिन्- प्रहरीमा ललिताले दिएको बयान उद्धृत गर्दै कर्णले भने। करिव चार पाँच पटक उनले बच्चाको घाँटीमा किला घोचेपछि बच्चाले काखमै प्राण त्यागे- उनले प्रहरीलाई वयानमा भनेकी थिइन्। हत्या गरिसकेपछि मृत बच्चालाई साडीको पोल्टामा लुकाएर घरनजिकै रहेको भर्खरै लगाएको उखुको खेतमा फ्याँकेको पनि ललिताले बताइन्।


सिरहाको मलहनीयाखोरी-१ ससुराली भएकी ललिता पति वैदेशिक रोजगारमा गएपछि माइती घर कर्जन्हा-८ परयागपुरमै बस्दै आएकी छिन्। ललितासँग उनले हत्या गरेकै उमेरको छोरा छ। उनी अहिले काखे छोरा च्यापेर इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा पुगेकी छिन्। उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही सुरु गरिएको एसपी कर्णले बताए।

हिजडा एमालेको सरकारमा जान तछाड मछाड

काठमाडौं 
 सरकारमा जाने र नजाने विषयमा विवाद चलिरहेका बेला त्यसलाई टुंगोमा पु¥याउन र एउटा ठोस निर्णय गर्न आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा नेताहरूबीच निकै रमाइलो घोचपेच भयो । पूर्व स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेले पहिलो बाण हाने, ‘बेलुका बेलुका शीर्ष नेतालाई फोन गरेर मलाई सरकारमा पठाइदिनुप¥यो भनी अनुरोध गर्ने र अहिले यहा“ बैठकमा चाहि कहा जानुहुन्छ बाबुरामको सरकारमा भन्ने साथीहरू पनि यहीँ हुनुहुन्छ ।’
लक्षित समूह अझ स्पष्ट पार्दै थपे– ‘पहिले नै सरकारमा गइसकेकाहरूलाई त वास्ता नहोला तर युवा साथीहरूलाई भने मनमनै पार्टीले सरकारमा जाने निर्णय गरिदिए हुन्थ्यो जस्तो भइराखेको छ ।’ पाण्डेले ठाडै आरोप लगाएपछि राजेन्द्र गौतम, योगेश भट्टराईलगायत नेताले उनको टिप्पा उडाए । प्रतिरक्षा गर्दै भने, ‘हामीले कहिल्यै त्यसो भनेका छैनौ“ ।’ त्यसपछि राजेन्द्र पाण्डेले भूलसुधार त गरे तर रमाइलो पारामा, ‘मेरो भनाइ कसैको गतिविधिस“ग मिल्न गएमा त्यसलाई संयोग मात्र ठान्नुहोला ।’ त्यसपछि घनश्याम भुसाल, भानुभक्त ढकालले पा“चबु“दे गलत छ, त्यसैले यो सरकारमा जानुहु“दैन भन्ने धारणा राखेका थिए ।
बैठकमा बोल्न समय माग गर्दै नाम लेखाएकाहरूमध्ये आधाजसोले बोलेपछि शीर्षस्थ नेताहरू ‘लौ अब भैगो हामीले तपाईंहरूका कुरा सुनिहाल्यौ“, स्थायी समितिको बैठकबाट निर्णय गर्छांै, त्यसमा सहमति जनाइदिनुहोला’ भन्दै बैठकबाट बाहिरिए । एक घन्टापछि अध्यक्ष झलनाथ खनाल आएर निर्णय सुनाए, ‘..... कुरा नमिलेकाले हामी सरकारमा नजाने ।’ लगत्तै केपी ओलीसहित सबैले एकमुख लागेर भने– यो गलत भो, भाषा सच्चाइयोस्, प्रस्ट भाषामा लेख्नुपर्छ । यो–यो प्राविधिक कुरा नमिलेकाले हामी सरकारमा नजाने भन्ने होइन, चारबुदेको जगमा उभिएको सरकारमा नजाने भन्नुपर्छ । अरूको भन्दा अलग धारणा राख्दै मुकुन्द न्यौपानेले चाहि ‘सहमति भा“डेर संविधान बन्दैन साथी हो’ भने । उनले संविधानको चिन्ता गरेको देखेपछि घनश्याम भुसालले भने, ‘जातीय आधारमा संविधान आउनुभन्दा त नआउनु नै बेस ।’ योगेश भट्टराईले चाहि ‘अब पार्टीमा गुट–फुट छैन, ५ बुदे गलत छ, हामी सरकारमा जानै ह“ुदैन, यदि हामी नजा“दा संविधान बन्दैन भने नबनोस्’ भनेर भुसाललाई सघाएका थिए ।
युवा नेताहरूको होस्टेमा हैंसे गर्दै केपी ओली पनि बोले, ‘हो, हो, साथीहरूको कुरा ठीक हो, अब पहिले भाषा सच्याउ“m ।’ रघु पन्तलाई चाहि“ पा“चबु“देको प्रक्रिया नै चित्त बुझेको रहेनछ, उनले भने, ‘पाचबुदेको सूत्रधार जयन्तप्रसाद र अमरेश हुन् । तिनले प्रचण्डनिवासमा बसेर यो सब गराएका हुन् । यो हाम्रो आन्तरिक मामिलामा विदेशी हस्तक्षेप हो, हामीले यसको विरोध गर्नुपर्छ ।’ उनले थपे, ‘बरु यसमा हाम्रा को–को नेता कति संलग्न छन्, त्यो पनि छानबिन गरौ“ र यसविरुद्ध लिखित प्रस्ताव पास गरौ“ ।’ तर, बैठकमा रघु पन्तको प्रस्तावप्रति कसैले चासो राखेनन् । त्यसपछि आजित भएर उनी फेरि बोले, ‘प्रस्ताव पास नगरे पनि वैदेशिक हस्तक्षेपविरुद्ध केही शब्द त राखौ“ !’

मन्त्रीक्वार्टरमा मन्त्रीपुत्रको मनपरी

– सुविन श्रेष्ठ
ललितपुर 
शुक्रबार एकैपटक राजीनामा बुझाएका मन्त्रीहरू बिचल्लीमा परेका छन् । क्वार्टरमा बस्दै आएका १८ मध्ये पाचजना पुनः मन्त्री बनेपछि अन्यलाई क्वार्टर छाडेर कहा“ बस्ने भन्ने पीडाले सताएको हो । आफन्त भएका र समयमै डेरा सुरक्षित राख्न सकेका केही मन्त्री सोमबार सरेका छन् । शनिबार र आइतबार बुद्ध जयन्तीको बिदासहित क्वार्टरभित्रै भेटघाट र भोज खाएर तिनले क्वार्टर छाडेका हुन् ।

बुद्धजयन्तीको बिदा हुनाले सुरक्षामा दुईदिन छुट दि“दै सोमबार पूर्व राज्यमन्त्रीहरू हरिराज खेवा, काशीदेवी झा, सुनिताकुमारी महतो र सुष्मा शर्माका अंगरक्षक पनि हटेका छन् । मन्त्रीलाई सुरक्षाका लागि एक असई, हवल्दार र चारजना सिपाहीको व्यवस्था हुन्छ । मन्त्रीक्वार्टरमा उपसभामुख पूर्णकुमारी सुवेदीसहित १८ मन्त्री बस्दै आएका थिए । जम्बो मन्त्रिमण्डलका थप ३० मन्त्री भने बाहिरै थिए । १८ मन्त्रीका लागि क्वार्टरभित्र ए, बी, सी र डी चार ब्लक छन् । ए, सी र डी ब्लकमा ५÷५ वटा क्वार्टर छन् र बीचमा चार क्वार्टर छन् । यीमध्ये डी ब्लकमा आधुनिक घर छन् । कोठा राम्रा र ठूला छन् । सुरक्षा स्रोतका अनुसार डी ब्लक प्रायः प्रभावशाली मन्त्रीको अधीनमा पर्छन् । डी ब्लकको क्वार्टरमा विजयकुमार गच्छदार डी १, राजेन्द्र महतो डी २, टोपबहादुर रायमाझी डी ३, नारायणकाजी श्रेष्ठ डी ४ र पोष्टबहादुर बोगटी डी ५ मा बस्छन् ।
डेरा खोज्दै मन्त्रीहरू
मन्त्रीपदबाट मुक्त भएपछि गोपाल किरातीले सोमबार क्वार्टर छाडे । स्रोत भन्छ, ‘राजलाल यादवलगायत आधा मन्त्री डेरा खोजिरहेका छन् ।’ यस्तै बाध्यता रहे एक सातासम्म क्वार्टरभित्र बस्न पाइने प्रावधान छ । स्रोतका अनुसार एमालेका तर्फबाट पूर्वऊर्जामन्त्री गोकर्ण विष्टले पद छाडेकै मध्यरात क्वार्टर छाडेका थिए । भौतिक तथा योजनामन्त्री हु“दा विजयकुमार गच्छदार मन्त्रीबाट हटे पनि पुनः मन्त्री हुन्छु भन्दै २१ दिन क्वार्टरभित्रै अड्डी कसेर बसेका थिए ।मन्त्रीपुत्र कस्तो बदमास !
केही समयअघिका ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईलाई धेरैले बिर्सेका छैनन् । कारण, उनी निम्त्याइएका कार्यक्रममा साधारण पहिरनमा देखिन्थे । विनासुट र पेटी कार्यक्रममा पुग्दा आयोजक झुक्किन्थे । ललितपुरको टीकाथलीमा आयोजित एक कार्यक्रममा पुग्दा आयोजकहरू मन्त्री खोइ भनी धेरैबेर अल्मलिएका थिए । ‘उनैका पुत्रले मन्त्रीक्वार्टरमा गर्नुसम्म गरे,’ स्रोतले भन्यो, ‘प्रायः निजी सचिवजस्तै सधै“ क्वार्टरमा आइरहने भट्टराई पुत्रले नपच्ने काम गरेका छन् ।’ स्रोतका अनुसार मन्त्रीपदबाट भट्टराई हटेर क्वार्टर छाड्ने दिन पुत्रले ओछ्यानमा आची गरेर तन्नाले छोपी हि“डेका थिए । यसैबीच, मन्त्रीबाट मुक्त भएर बाहिरि“दा कम्प्युटरका सामान हराउने गरेको पाइएको छ । मन्त्रीबाट बदमासी नभए पनि छोरा, भाइबुहारी र कामदारबाट चोरी हुने गर्छ । नया“ मन्त्री आएपछि नया“ पर्दा, कार्पेट, सोफा फेर्नुपर्छ । मन्त्रीका हरेक कोठामा एक थान टिभी र कम्प्युटरको व्यवस्था हुन्छ ।
कुनै बेला मन्त्रीक्वार्टरमा कार्यक्रम हु“दा आफन्तले खाएको खाजाखर्चको भुक्तानी नहु“दै मन्त्री पदमुक्त हुन्छन् । त्यो पैसा कसले तिर्ने ? कतिपय खाजा खुवाउनेहरू समस्यामा परेका छन् । यता पत्रिका दि“दै आएका वितरकले पनि पूर्वमन्त्रीहरूलाई वितरण गरेको पत्रपत्रिकाको रकम नपाएको गुनासो गरे । मन्त्रीक्वार्टरमा कमला रोका, ईश्वरदयाल मिश्र, हेमराज तातेड, अनिलकुमार झा, मोहमद वकिल मुसलमान, मालबर सिंह थापा, बृजेशकुमार गुप्ता, राजकिशोर यादव र राजलाल यादव छन् । आज सा“झसम्म कमला रोका, हेमराज तातेड र गुप्ताले क्वार्टर छाड्दै छन् ।