Wednesday 9 May 2012

Judiciary should not be made ‘place of experiment’: CJ


Kathmandu, 
Chief Justice Khil Raj Regmi Tuesday said that the judiciary should not be made a ‘place of experiment’ while restructuring the judiciary as the political parties reportedly agreed on the new structure (Constitutional Court) of the judiciary. CJ Regmi made this remark while addressing a function organised here to mark the Law Day. Hinting at the tentative agreement reached among the political parties to establish a separate Constitutional Court, Chief Justice Regmi said that they should consider the procedural difficulties and the problems in human resource management while inserting a temporary institution of judiciary in the new constitution. It would be better to strengthen the Supreme Court and every concern regarding justice and judiciary should be addressed from within the structure of the existing judiciary. President Dr. Ram Baran Yadav, Vice President Paramanda Jha, ministers, justices of the SC, government officials, diplomats, lawyers, media persons, among others, attended the function organized in the SC premises.

UDMF urges UML to join govt to ease statute writing process


Kathmandu, 
United Democratic Madhesi Front (UDMF) Tuesday urged the CPN-UML to join the government to give it the shape of national unity government. A meeting of the UDMF held at Singha Durbar also urged the UML to implement the five-point deal by joining the government. After the meeting, Information and Communications Minister Raj Kishor Yadav said that the UDMF meeting appealed to the UML to join the government as per the agreement reached among the key parties. He also said that the UDMF had not given up its demand of ‘One Madhes, One Province’. He said that the UDMF was sticking to its stance to establish ‘one Madhes one province’ in the new constitution. He said that all parties should concentrate on promulgating the new constitution within the stipulated deadline and give up the power grabbing politics. The UDMF also decided to play a constructive role to promulgate the pro-people constitution, he said. Madhesi Janaadhikar Forum-Democratic general secretary Jitendra Dev said that the meeting decided to stick to its stance for one Madhes one province. He said that the UDMF was not ready to divide the Terai in several provinces while restructuring the state. He said that the meeting also stressed the political consensus among the parties to resolve the disputed issues of the new constitution. “The meeting agreed that the parties have no any alternative to promulgating the new constitution within May 27 deadline,” he said. He further said that the UDMF urged the UML to join the government to intensify the constitution writing process. He expressed his hope that the UML would join the government to create an environment of consensus and collaboration in the country.

Nepal into ACC U-16 semis as group winner

KATHMANDU, 
 Nepal stormed into the semifinals of the ongoing ACC U-16 Elite Cup cricket tournament being held in Malaysia as the Group B winner after narrowly defeating the home team by one wicket in its last group-stage match at the Kinrara cricket ground in Kuala Lampur on Wednesday.

Sent in to field first, Nepal restricted to a modest 139 all out in 37.1 overs. Nepal got past the target losing nine wickets with seven balls remaining. Man of the Match Akash Bista scored 55 not out for the winning team. 

This is Nepal´s fourth win in as many matches in the tournament. Nepal will face the runner-up from Group A in a semifinal clash on Friday. Despite today´s loss, Malaysia has also entered the semifinals as the Group B runner up.

Court sends journo 'murderers' to judicial custody

JHAPA,

 Jhapa District Court sent murder accused of Jhapa-based journalist Yadav Poudel to judicial custody on Wednesday. Somraj Dhakal and his wife Manju Dhakal , owners of the Birtamod bus park-based Purwanchal Sekuwa Corner Hotel and Lodge, and Hoteliers’ Association’s former chairman Yubaraj Giri--a man claimed to be mastermind of murder--have been sent to judicial custody by the court. Meanwhile, the other accused Madan Rai has been released in general date after he deposited bail amount of Rs 27,000. A preliminary police investigation had concluded that journalist Poudel was killed by would-be publisher Giri. According to police, a scuffle broke out between Giri and Poudel after the latter embraced Manju -- the wife of the hotel owner Dhakal. Police say that the scuffle occurred when Giri forced Poudel to take his hands off Manju. Police also claim that Giri became furious with Poudel when the latter embraced Manju because they were in a secret affair.

श्रीमानका खातिर पत्नीद्वारा केटी समर्पित

काठमाडौं । मानिसका लागि सम्पत्ति र यौनसन्तुष्टिको उच्चतम तह कुन होला ? यसको सही जवाफ पाउन नसकिए पनि ६० वर्ष पुग्न लागेका एक वृद्धले भने १३ देखि १६ वर्षका बालिकासग जबर्जस्ती यौनसम्पर्क कायम गरेर पनि यौनसन्तुष्टि प्राप्त गर्न नसकेको पाइएको छ । असहाय बालबालिकाका लागि बालगृह सञ्चालन गरी उनीहरूसगै सम्पर्क स्थापित गर्दै आएका यी असन्तोषी बूढा विष्णुप्रसाद पराजुली हुन् । निकै पावरको चस्मा लगाउने पराजुलीले गत २० वर्षदेखि बा“सबारी हात्तीगौंडामा मर्निङ स्टार चिल्ड्रेन होम सञ्चालन गर्दै आएका थिए ।असहाय बालबालिकाको लालनपालन र शिक्षाको समेत व्यवस्था गर्ने उद्देश्यले खोलिएको यस होममै विष्णुले वर्षौंदेखि बालिकाहरूलाई आफूस“ग यौनसम्पर्क राख्न बाध्य बनाउदै आएको हालै खुलासा भएको हो । अहिले भने १३ देखि १६ वर्षका ४ जना बालिकास“ग उनले पालैपालो कामवासना पूरा गर्दै आएका थिए । अझ आश्चर्य त यो छ कि उनले श्रीमतीकै सहयोगमा पनातिनी उमेरका बालिकास“ग जबर्जस्ती यौनसम्पर्क गरी रात बिताउने गरेको पाइएको छ । बेलायती नागरिकको सहयोगमा सञ्चालित उक्त होम क्रिश्चियन धर्मका अनुयायीको अनुदानबाट चल्ने गरेको छ । क्रिश्चियन धर्म प्रवद्र्धनको कार्य पनि गर्ने उद्देश्य रहेको सो होममा विष्णु निर्देशक थिए । होमको भुइतलामा रहेका दुईवटा कोठामा विष्णु र श्रीमती मोना पराजुली बस्ने गरेका थिए । श्रीमान् र श्रीमती दुईवटा कोठामा बेग्लाबग्लै सुत्ने गरे पनि श्रीमतीले एक बालकलाई र श्रीमान्ले बालिकालाई लिएर रात बिताउने गरेको पीडितहरूले श्रव्य–दृश्यमा दिएको बयानमा उल्लेख छ । जम्मा ४२ जना बालबालिका भएको सो होममा विष्णुसग राति बालिकालाई पालैपालो सुत्ने व्यवस्थाचाहि श्रीमती मोनाले मिलाइदिने गरेकी थिइन् ।
अरूभन्दा ठूला र भनेको मान्ने तुलनात्मक रूपले राम्रा बालिकालाई छानेर मोनाले ड्याडीको कोठा सफा गर्ने काम पालैपालो गर्न अह्राउ“थिन् । कोठा सफा गर्ने काममा लगाइएका बालिकाले नै विष्णुस“ग सुत्न जानुपथ्र्याे । बालिका विष्णुस“ग रात बिताउन तयार नभएका कतिपय बेला मोनाले नै कहा ड्याडीलाई एक्लै छाडेको, ड्याडीलाई जाडो हुन्छ जाऊ स“गै सुत भनी पठाउने गरेको बालिकाहरूले बताएका छन् । यसअघि झैं मोनाले ४ जना बालिकालाई मासिक पालैपालो कोठा सफा गर्न जिम्मा दिने गरेकी थिइन् । श्रीमतीको निर्देशनबमोजिम आफूसगै सुत्न बाध्य पारिएका बालिकासग विष्णुले जबर्जस्ती सम्पर्क राख्ने गरेको बालिकाहरूले श्रव्य–दृश्यमा रु“दै बताएका छन् । पर सरेको बेलामा समेत विष्णुले आफूहरूसग जबर्जस्ती सम्पर्क राखेको उल्लेख गर्दै एक बालिकाले रुवाबासी गरेकी छन् । यसैगरी, उनीहरूले कतिपय बेला आफूहरूलाई अप्राकृतिक रूपले हातको प्रयोग गरी यौन सन्तुष्टिका लागि बाध्य पार्ने गरेको पनि उल्लेख गरेका छन् ।
गत चैतको अन्तिम सातासम्म विष्णुले बालिकास“ग यौनसम्पर्क कायम गरेका थिए । श्रीमती स्वयंले बालिकालाई पठाउने मामला असहजजस्तो लागे पनि मोनामा यौन दुर्वलता भएकाले उनले श्रीमान्लाई सन्तुष्ट बनाउन यसो गरेको हुन सक्ने एक बालअधिकारकर्मीले बताए । गत चैतसम्म निरन्तर बालिकामाथि यौनशोषण गर्दै आएका विष्णुको कुकृत्यमा सहयोगदाता बेलायतबाट नेपाल आएपछि अवरोध आयो । मुख्य दाताका रूपमा रहेका बेलायती नागरिकको मृत्यु भएपछि उनकी छोरी यसपटक नेपाल आएकी थिइन् । उनले निकै सहृदयताका साथ बालबालिकास“ग घुलमिल हु“दै सोधपुछ गरेपछि ती बालिकाले एक्लै भेटेर उनीसमक्ष विष्णुको हर्कतबारे बताएका हुन् ।
बालिकाका कुरा सुनेर निकै हतास देखिएकी ती महिलाले बालअधिकारकर्मीस“ग निकै चरणको छलफलपछि मात्र फेरि वैशाखको सुरुमा उनीहरूसग श्रव्य–दृश्य बयान लिएकी थिइन् । बयानमा थुप्रै बालधिकारकर्मीको प्रत्यक्ष/अप्रत्यक्ष सहभागिता थियो । यसपछि विष्णुलाई तत्काल होम छाड्न र फर्केर नआउन अरू सदस्यले भने । उनी वैशाख ६ गते होम छाडेर बाहिर निस्कन लाग्दै थिए, त्यसैबेला प्रहरीले उनलाई गिरफ्तार ग¥यो । हाल विष्णुका दम्पती कालीमाटीस्थित नेपाल प्रहरी महिला तथा बालबालिका सेलमा रहेका छन् । ती चारजना बालिकालाई केन्द्रीय बालकल्याण समितिको संरक्षणमा राखिएको छ ।

जेलभित्र नक्कली भारतीय मुद्रा छाप्ने मेसिन

काठमाडौं । जेलभित्र नक्कली भारतीय मुद्रा छाप्ने मेसिन पुगेको छ । यो खबर जेल प्रशासन र प्रहरीलाई पनि छ । तर, खबर पाएको एक महिना बढी भयो, सामान अझै जफत हुन सकेको छैन । सुन्दा अचम्म लाग्छ कि, अपराध भएको थाहा भएर पनि प्रहरी–प्रशासन यत्तिका समयसम्म किन मौन छ !सत्य कुरा के हो भने, जगन्नाथदेवलस्थित केन्द्रीय कारागारभित्रै नक्कली भारतीय मुद्रा छाप्ने मेसिन छ भन्ने हल्ला छ । तर, प्रहरीले अहिलेसम्म अनुसन्धान गरेको छैन । कारागारस्रोतका अनुसार, चौकी भनिने कारागारको ८ नं. ब्लकमा सो सामान राखिएको छ । त्यो ब्लक चौकीदार वीरबहादुर तामाङको नियन्त्रणमा छ । त्यहा“ आन्तरिक प्रशासनबाहेकका व्यक्तिलाई प्रवेश निषेध छ । जेलर र प्रहरी अधिकृतले जान चाहेमा कैदीहरूले टाउको फुटाउनेसम्मको धम्की दिने गरेका छन् । यस्तो हुनुको कारण खोल्दै केन्द्रीय कारागारमै कार्यरत एकजना सरकारी कर्मचारी भन्छन्, ‘छानबिन गर्न खोज्यो भने भाग नपुगेर करायो भन्न थाल्छन्, उल्टै विभाग (कारागार व्यवस्थापन)बाट हामीमाथि कारबाही हुने स्थिति छ ।’
यो खबरको खुलासा भने त्यहा“का चौकीदार वीरबहादुर तामाङको दोहोरो भूमिकाका कारण भएको बताइन्छ । नक्कली भारु कारोबारको अभियोगमा कैद नेशनल टेलिभिजनका सञ्चालक युनुस अन्सारीमाथि गोलीप्रहार भएको घटनामा वीरबहादुरले दोहोरो भूमिका खेलेका थिए । प्रहरी अनुसन्धानबाट पनि खुलेको छ कि, युनुसलाई गोली हान्न मनमित सिंह जेलभित्र निःशस्त्र छिरे । उनी छिर्नुअघि सोही बिहान कालीमाटीस्थित तरकारी बजार गएका बेला वीरबहादुरले अपहरणका नाइके अमर टण्डनस“ग २० हजार रूपैया“ लिएका थिए । तरकारी बजारमा बोलाइएका एकजना व्यक्तिस“ग पेस्तोल लिएर उनी फर्किए । उनले सो पेस्तोल भेटघाटकक्षस“गै रहेको अस्पतालको शौचालयको माथिल्लो भागमा सिउरिए । मनमीत सिंह जेल छिर्नासाथ त्यही पेस्तोलले युनुसलाई ताके । वीरबहादुरले युनुसस“ग यो कुरा स्विकार्दै भनेका छन्, ‘ज्यान नजाओस् र तपाईंमाथिको सुरक्षा बढोस् भनेर यस्तो गरेको †’ घटनापछि अमर टण्डन भद्रगोल जेलमा सारिएका छन् । यसपछि वीरबहादुर र बैदार पुरन गुरुङको हिमचिम युनुसस“ग निकै बढ्यो ।
बीचमा जेलबाट रिहा भएका पुरनका म्यादीहरू माइली तामाङ र डोल्मालाई युनुसकै सहयोगमा पाकिस्तान पठाइएको छ । अहिले पनि ती दुई पाकिस्तानमै छन् । ‘हाई थ्रेट’ का कैदी हुनुका नाताले युनुसलाई दिन नमिल्ने सुविधा पनि दिइएको छ । तर, उनी भित्रै बसेर बाहिरका मान्छेलाई एसएमएसबाट आºना खबर सुनाउने गर्छन् । त्यसका लागि जेल प्रशासनले नेपाल टेलिकमको सिमकार्ड चलाउने अनुमति दिएको छ । तर, सो मोबाइलमा दोहोरो कुराकानी गर्ने अनुमति भने छैन । कारागारतर्फका एकजना सरकारी कर्मचारीले चौकीदार तामाङसग युनुसले मोबाइलमा एसएमएस पठाउने व्यक्तिबारे बुझ्ने क्रममा पाकिस्तान बस्ने माइली र डोल्मास“ग बढी सम्पर्क रहेको पत्ता लाग्यो । र, सगै अर्को कुरा पनि पत्ता लाग्यो कि, माइलीहरूकै सहयोगमा नक्कली नोटको डाई (मेसिन) पनि उनीहरूमार्फत कालीमाटीको तरकारी बजार हु“दै केन्द्रीय कारागारसम्म पुग्यो । युनुस पक्राउपछि बन्द रहेको नेसनल टेलिभजनलाई पुनः सञ्चालन गर्न अहिले वायुसेवा घोटाला प्रकरणका रामाज्ञाप्रसाद चतुर्वेदीमार्फत युनुस भारतीय शक्तिेकन्द्रस“ग नजिक हुन खोजिरहेका छन् । आफू जहिले छुटे पनि टेलिभिजन पुनः सञ्चालनका लागि उनले हालै रिहा भएका केन्द्रीय कारागार माविका प्रधानाध्यापक नवराज लम्साललाई सिइओ (प्रमुख कार्यकारी अधिकृत) को नियुक्तिपत्र दिएर पठाएका छन् ।
मासिक ४० हजार तलब दिने कुरा लम्सालको नियुक्तिपत्रमा उल्लेख छ । उनी छुटेको एक महिनाभन्दा बढी भइसक्यो । अहिले पनि लम्साललाई युनुसले दिनमा दर्जनौँ एसएमएस पठाउने गरेका छन् । भारतीय शक्तिकेन्द्रस“ग नजिक हुने योजनाअनुसार युनुसले चतुर्वेदीको सल्लाहमा एउटा भिडिओ अन्तर्वार्ता पनि रेकर्ड गरेका छन् । जेल प्रशासनको अनुमतिविना कैदीबन्दीको अन्तर्वार्ता प्रकाशन वा प्रसारण भएमा सम्बन्धित कैदी÷बन्दीमाथि कारबाही हुने कारण हालसम्म अन्तर्वार्ता कतै प्रसारित भएको छैन । तर, चतुर्वेदीले उक्त भिडियो टेप लैनचौरस्थित भारतीय दूतावासमा पठाइसकेको बताउने गरेका छन् ।
उता, नक्कली भारुको कारोबार अभियोगमा कैद भुक्तान गरिरहेका व्यक्ति अहिले युनुसकै नेतृत्वमा समूहबद्ध भएका छन् । त्यसरी समूहबद्ध हुनेमा मोहम्मद आलम, मोहम्मद इकबाल, फिरोज अन्सारी, आजाद अन्सारी, सहजाद कुरान, मुस्तार अन्सारी, कलिम खा“, मोहम्मद उमर, चोकन साह, अमित साह, मोहम्मद इस्माइल, मोहम्मद आजादलगायत रहेको बताइन्छ । पोहोर स्वास्थ्योपचारका क्रममा बा“सबारीस्थित गंगालाल हृदयरोग केन्द्रबाटै भागेका मोहम्मद जमाम पनि युनुस समूहकै थिए । त्यस्तै, कल बाइपासको अभियोगमा बंगाली कैदी मोहम्मद साले अहमद पनि अहिले युनुस समूहमा लागेका छन् ।

जमिम, फैजन हत्या तथा युनिसको हत्या प्रयास एउटै शृङ्खलाका घटना

 काठमाडौं, २७ वैशाख- गत असोजमा घण्टाघरमुनि गोली हानी मारिएका फैजन अहमद तथा स्पेस टाइमका सञ्चालक जमिम शाहको हत्या एवम् युनिस अन्सारीको हत्या प्रयास एउटै शृङ्खलाका घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा प्रहरीले भरखरै सम्पन्न पत्रकार सम्मेलनमा हत्यकाण्डका सहयोगी एक नेपालीलाई सार्वजनिक गरेको छ। रामेछाप गोश्वारा घर भइ धापाखेल बस्ने २७ वर्षीय ट्याक्सी चालक धनबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
बा १ ज ५५७० नम्बरको ट्याक्सी चलाउँदै आएका उनले गोली हान्ने सुटरलाई घटनास्थल लगेर हत्यापछि भगाउनुका साथै हत्यामा प्रयोग भएका हतियार लुकाउने काम गर्दै आएका थिए। 
उनको डेराबाट प्रहरीले एक थान अमेरिकी पिस्तोलका साथै छ राउण्ड गोली बरामद गरेको छ। प्रहरीले हत्यामा संलग्न तथा मुख्य योजनाकारबारे पनि जानकारी बटुलेको छ।
उनीहरूमा भारतको लखनउ घर भएका आदित्य पाल, भारत उत्तर प्रदेशको आजमगढ घर भएका सुटर फहद आलम तथा भारत उत्तर प्रदेशको वढनी बस्ने बब्बु भनिने त्रिलोक सिंह छन्। 
तीमध्ये पाल फैजनको हत्याअघि सात महिनासम्म काठमाडौं बसेका थिए भने त्रिलोक सिंह जमिम शाह हत्याको मुख्य योजनाकार हुनुका साथै फैजन हत्याको कोअर्डिनेसन गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जानकारी गराए। 
पक्राउ परेका धनबहादुरले हत्यामा सहयोगीको भूमिका मात्र निर्वाह गरेको तथा मुख्य योजनाकार पक्राउ नपरेको हुनाले हत्याको कारण अझ नखुलेको प्रहरीले बताएको छ।

सङ्कटकाल लगाएर संविधान सभाको म्याद थपे जनविद्रोह : उपेन्द्र यादव

काठमाडौं, वैशाख २७ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्कटकाल लगाएर संविधान सभाको म्याद ६ महिना थप्ने तयारी भइरहेको खुलासा गरेका छन्। उनले भने- हामी त्यस्तो सहमति कुनै पनि हालतमा मान्दैनौं, यस्तो भएमा जनविद्रोहमा जान्छौं | बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा यादवले त्यसलाई आफ्नो दलले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए। 'कङ्ग्रेस, माओवादी र एमाले तीन प्रमुख दलले त्यो गोप्य सहमति गरेका छन्'- उनले थपे। जेठ १४ मा संविधान नआए मधेसका साथै देशैभरि जनविद्रोह हुने दाबी पनि उनले गरे।
बृहत् मधेसी मोर्चाले आन्दोलन अघि बढाएको र त्यस क्रममा जेठ २, ५ र ६ गते मधेस बन्द राखिने पनि उनले बताए। वर्तमान सरकारमा आफ्नो दल कुनै हालतमा नजाने उनले बताए। 'यो बाबुरामजीको बहुमतको सरकार हो, राष्ट्रिय सहमतिको सरकार होइन,' उनले भने- मधेसमा अब तीन दलको मतियार बनेको मधेसी मोर्चाका विरुद्ध पनि आन्दोलन हुन्छ, मधेसलाई भजाएर सत्तामा बस्नेलाई अब हामी छाड्दैनौं।
साथै उनले संविधान नबन्नुको मुख्य दोषी सभामुख पनि भएको आरोपसमेत लगाए। 'संविधान सभाको बैठक नै नबोलाई संविधान सभालाई निस्तेज पार्ने गैरजिम्मेवार काम सभामुखबाट भयो', उनले भने- त्यसको जिम्मेवारी उनैले लिनुपर्छ। यादवले संविधान सभा तीन दलका ठूला नेताहरुको कठपुतली भएको आरोप लगाउँदै संविधान सभा र तीन दल मिली संविधान बनाउन नचाहेको पनि बताए।
यादवले संविधान निर्माणका विषयमा संविधान सभाको बैठक सभामुखले नबोलाउने, संवैधानिक समितिका सभापतिले पनि बैठक नबोलाउने गरेकाले ठूला तीन दलका नेताहरुले कुरा मिलिसकेको छ भनेर देश, दुनिया र सञ्चार माध्यमलाई पनि झुक्याएको आरोपसमेत लगाए।

आँशुको बेवास्ता गर्दै एकै छिनमा खण्डहर बनाइदियो सुकुम्बासी बस्ति सरकारले।