Friday 11 May 2012

Limelight With Nisha Adhikari | 11 May 2012

Thorai Bhaye Pugi Sari | May 11th 2012

Hijo Aaja Ka Kura | May 11th 2012




सुदुर पश्चिममा पन्ध्रौ दिन पनि बन्द जारी

सेती बाढीको क्षतिको विवरण सार्वजनिक

भुसको आगो झै सल्किएको जातीय राजनीति | 11 May 2012

Closure of banks, ATMs hits people

Kathmandu,
People lives, particularly those in need of emergency medical services, were badly hit after banks in Baglung shut down their services, citing security threats on Thursday. 

Not just their branch offices, the banks operating in Baglung Bazaar shut down even their ATMs, leaving people in emergency need of cash high and dry. 

“This is height of negligence by the banks,” said Susan Thapa from Tangram, who arrived in Baglung Bazaar for the treatment of his father. He said he has run short of money and the closure of ATMs has left him with little choice as he can neither take his father for health checkup nor procure medicines.

“I thought I would be able to withdraw money from ATM here,” said Thapa, “But ATM of my bank remained shut throughout the day and no other banks have opened their ATMs as well.” Thapa said he knew nobody in the town from whom he could borrow money.

On Thursday, depositors complained that banks such as Nabil, Everest, Himalayan, Kumari and Global, among others, kept their ATM counters closed throughout the day.

Bankers, on the other hand, said they had to close down their ATMs mainly because of security concerns. They also maintained that they would be ready to provide normal services if they were guaranteed the security of their properties. 

“Ambulance, banking services, press, milk and vegetables fall under basic needs and services. Therefore, instead of laying down conditions, banks should hold talks with agitators and local administration and resume their services promptly,” said Nava Raj Lamsal, advisor of the Baglung Chamber of Commerce and Industries (BCCI).

25-member Far-West talk team arrives

Kathmandu,
A 25-member talks team of Far-West region arrived capital on Friday, Hemanta Regmi, a member of talk team informed Republica. The team will hold talks with the government on Saturday. 

The strike called in far-west region entered 15th day on Friday. 

Govt-agitators talks fizzle out
The talks between the government and the agitating Joint Struggle Committee (JSC) has ended without reaching any agreement on Friday.

The committee includes the Chhetri Samaj, Brahman Samaj, Thakuri Samaj, Dashnami Samaj, Dalit Janajagaran Sewa Sangh, Bibedh Mukti Pragatishil Samaj and Khas Chhetri Ekata Samaj. 

Emerging from the meeting, Kumar Khadka, spokesperson for the committee, said the talks ‘failed’ after the government presented itself ‘irresponsibly’ during the meeting.

Khadka added they would determine their future strategy after holding discussion within the committee that has been launching protest against ethnicity-based federalism. 

On the contrary, Deputy Prime Minister Krishna Prasad Sitaula, who heads the government talks team, claimed the talks was ‘positive’ and that the government is serious about the agitators’ concerns.

9 held in capital during banda

Meanwhile, police have arrested nine persons while they were enforcing banda in the capital. Of those arrested, seven were apprehended from Kathmandu, while the rest from Lalitpur.

The strike enforcers have set a taxi on fire in Baneshwor for defying the banda. Two unidentified motorcycle-borne persons had burned the taxi (Ba 1 5101) near Apex College.

Parties discuss 11-province model

Kathmandu,
The meeting of four major political parties--UCPN (Maoist), Nepali Congress (NC), UML and United Democratic Madhesi Front (UDMF) discussed 11-province model in a meeting at BICC building on Friday. 

Speaking with reporters after the meeting, UML Chairman Jhalanath Khanal said that meeting among the parties is heading towards the positive direction in cordial manner. 

“The meeting has resolved many differences among the parties. We will continue talks on Saturday too,” Khanal added. 

Earlier, Deputy Prime Minister and Home Minister Krishna Sitaula said that parties might agree on 11 provinces.

Journalist barred from entering premises

Meanwhile, journalists were barred from entering into BICC premises and left stranded on the roads. They were allowed to enter into premises in earlier meetings.

पाखन्डी राष्ट्रघाती जनघाती नेताहरुको कुकर्मको फल यसरी बाहिर आउंदैछ लौ हेर्नुस, कस्तो देश आज कस्तो भयो !

जात जाती, भाषा भासी, मधेसी, पहाडी, बाहुन छेत्री, लिम्बुवान खुम्बुवान, नेवा, मगरात के के बहाना मा सबैलाई उछाले अब थाम्ने कसले ? अब एक नेपाली लाई अर्को नेपाली सँग भिडाएर आफुहरु प्रधान मन्त्री, मन्त्री, मुख्यमन्त्री बन्न र देश लुट्न खोज्दैछन अपराधीहरु, यिनीलाई त अब सभ्यभासामा गालीगर्ने ठाउपनि बाँकी रहेन बा !


मिस नेपालमा 'म्याच फिक्सिङ'

नामै हिडेन ट्रेजर! 

सायद त्यसैले मिस नेपाल आयोजक यो संस्थाले ओपन र पारदर्शी काम गर्न सकिरहेको छैन। हरेक मिस नेपाल प्रतियोगिता विवाद र रहस्यले खाली छैनन्। यसपालि पनि त्यस्तै भयो। अन्नपूर्ण होटलको चौरमा बसिरहेका धेरै दर्शकले पहिल्यै सुनेको कुरा झुटो ठहरिएन। मिस नेपालका रूपमा पहिल्यै प्रचारित २३ वर्षीया सुन्दरी सृष्टि श्रेष्ठले 'मिस नेपाल-२०१२' को ताज पहिरिइन्। तर प्रतियोगिताका लागि स्टेजका खम्बा ठोकिँदै गर्दा नै फेसबुकलगायत सामाजिक सञ्जालमा 'मिस नेपाल २०१२' घोषणा भइसकेको थियो । कसैले 'सृष्टि मिस नेपाल हुने कुरा निश्चितजस्तै छ' भन्दै पोस्ट गरे भने कसैले 'आज हो र? अस्ति नै थाहा पाइएको हो' भन्दै पोस्ट गरे। वास्तवमा २१ गते प्रतियोगिता हुनु पहिले नै कुन प्रतियोगीले कुन ताज पाउने फिक्स्ड भइसकेको थियो, सेटिङ भइसकेको थियो। प्रतियोगी नं ३ ले मिस नेपालको ताज जित्दा अस्वाभाविक रूपमा त्यसपछिका प्रतियोगी नं ४ फस्ट रनरअप र ५ सेकेन्ड रनरअप भए। उसो त सृष्टि बेलायतबाट दह्रो आत्मविश्वास बोकेर आएकी थिइन्। 'मिस कन्पि्कडेन्ट'समेतको टाइटल जितेकी उनी मिस नेपाल बन्नेमा साँच्चै कन्पि्कडेन्ट थिइन्। त्यसको छनक अन्तिम स्पर्धामा पनि देखिन्थ्यो। 'हामीलाई नर्भस पार्न होला पहिल्यै उनी ट्यालेन्ट भएको हल्ला चलाइएको थियो,' एकजना प्रतियोगीले नाम उल्लेख नगर्ने शर्तमा भनिन्। प्रतियोगिता सकिएलगत्तै उनले दिएको अन्तर्वार्ताका क्रममा केही सिक्रेट खोल्दै टप फाइभमा आफू पर्ने कन्फर्म भएको बताएकी थिइन् सृष्टिले। भोलिपल्ट गरिएको पत्रकार सम्मेलनमा पनि उनले मिस नेपाल बनेपछि कसरी स्टेजमा रियाक्ट गर्ने भनेर दिनदिनै प्राक्टिस गर्ने गरेको रहस्य खोलिन्। उनलाई कुन विशेष क्वालिटीले गर्दा मिस नेपाल २०१२ को ताज जितेजस्तो लाग्छ भनी गरिएको प्रश्नमा पनि उनको उत्तर थियो, 'मेरो आत्मविश्वास नै उपाधिका लागि विशेष थियो।'उनी मिस नेपाल हुने कुरामा आयोजक संस्था झन् ढुक्क थियो। त्यसैले अघिल्ला प्रतियोगितामा झैँ सबै अन्तिम सहभागीलाई सम्झौतापत्र यसपालि हस्ताक्षर गराइएन। उक्त सम्झौतापत्रमा प्रतियोगिता अवधिभर र ताज पहिरिएपछि के गर्ने र के नगर्ने उल्लेख गरिएको हुन्छ।सृष्टिमा आत्मविश्वास भरपूर हुनुको एउटै कारण थियो। उनलाई मिस नेपालका लागि आयोजक संस्था हिडेन ट्रेजरले नै बोलाएको थियो। दुई वर्षअघिदेखि नै उनलाई अफर गरिए पनि उनले मानेकी थिइनन्। यो कुरा उनका बुबा ईश्वर श्रेष्ठले पनि स्विकारेका छन्। मिस नेपालको आवेदन खुलेर बन्द हुँदासम्म सृष्टि सहभागी हुने कुनै मेलोमेसो थिएन। स्रोतका अनुसार अन्तिम सूचीमा परेका २३ जनाको पृष्ठभूमि पूरै बुझेपछिमात्रै सृष्टिलाई कुनै पनि हालतमा यस वर्षको मिस नेपाल प्रतियोगितामा सहभागी हुन बोलाइएको थियो। फाइनल सूचीमा मात्रै होइन प्रायोजकका सामग्री प्रमोसन (हिरोहोन्डा)का लागि लिइएको तस्बिरमा पनि सृष्टिको अनुहार छैन। हिडेन ट्रेजरका गिरेन्द्र राजवंशीले टप २३ पछि पनि आफूले फाइनलिस्ट निकाल्ने हुँदा सृष्टि त्यसमा समावेश भएको बताएका छन्। तर यसअघि त्यस्तो गरिएको कुनै रेकर्ड उनीसँग छैन। घटनाक्रमले यही देखाउँछ कि सहभागी प्रतियोगीमध्ये कोही पनि आफ्नो अनुकूल हुने संकेत नदेखेपछि सृष्टिलाई सहभागी हुन कर गरिएको थियो। 'ग्रुमिङका बेला उनलाई आयोजकले किन धेरै केयर गर्थे भन्ने बल्ल थाहा भयो,' एक प्रतियोगीले भनिन्। आवरणमा मिस नेपाल प्रतियोगिता अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा भाग लिने प्लेटफर्म भनिए पनि यसको आन्तरिक कथा अर्कै छ। मिस नेपाल प्रतियोगिता हिडेन ट्रेजरको पैसा छाप्ने मेसिन भएको छ। संस्थाको नामझैँ यसका प्राय सबै काम 'हिडेन' नै छन्। हिडेन ट्रेजरले टाइटल विजेतालाई एक वर्षसम्म आफ्नो स्वार्थ पूरा गर्न दासीजस्तै काममा जोताउने गरेको छ। मिस नेपाल भइसकेपछि एक वर्ष विजेताले हिडेन ट्रेजरको अनुमतिबिना केही पनि गर्न पाउँदिनन्। मिस नेपालको कमाइको ४० प्रतिशत हिस्सा ट्रेजरले नै कुम्ल्याउने गरेको छ। सम्झौताअनुुसार आम्दानीको ६० प्रतिशत मिस नेपाललाई र ४० प्रतिशत ट्रेजरलाई बुझाउनुपर्छ। आफैँले खोजेको काममा पनि हिडेनले आफ्नो हिस्सा दाबी गर्छ। मिस नेपालले वर्षदिनसम्म हिडेन ट्रेजरको अनुमतिबिना काठमाडौँ छोड्नसमेत पाउँदैनन्। टाइटल जितेपछि व्यक्तित्व विकासका लागि पाउनुपर्ने सामान्य स्वतन्त्रता पनि मिस नेपालले पाउँदैनन्। पाएका अवसर पनि हिडेन टे्रजरको अनुमति नपाए यत्तिकै गुम्छन्। मिस नेपालले हिडेन ट्रेजरकोे इशारामा मुस्कुराउनुपर्छ, बोल्नुपर्छ। औपचारिक कार्यक्रममा उसैले छनोट गरिदिएको लुगा लगाउनुपर्छ। उसले बोलाएको ठाउँमा मिस नेपाल जसरी भए पनि पुग्नैपर्छ, प्रायोजकले आयोजना गर्ने भोजभत्तेरमा सो-पिस बनेर ठिङ्ङ उभिनुपर्छ। यस्ता दर्जनौँ बाध्यतामा मिस नेपाल बाँधिएका हुन्छन्। मिस नेपालको कमाइमा आँखा गाड्ने र भाग खोज्ने हिडेन ट्रेजरले उनको स्ट्याटस मेन्टेनका लागि खासै सहयोग हुँदैन। कार्यक्रममा ट्याक्सी चढेर हतारिँदै पुगे पनि उनीहरूले ट्याक्सी खर्चसमेत पाउँदैनन्। यसको उदाहरण आइएनजिओ डब्लुडब्लुएफ पनि हुनसक्छ। किनभने उसले प्रत्येक नयाँ मिस नेपाललाई सद्भावना दूत भन्दै आफ्ना कार्यक्रममा प्रयोग गरिरहेको छ। तर यसबापत उसले हिडेन टे्रजरलाई के-कति बुझाउँछ भन्ने मिस नेपाललाई थाहा हुँदैन। पूर्व मिस नेपाल मलिना जोशीले भनिन्, 'मलाई त डब्लुडब्लुएफले हिडेन ट्रेजरलाई केही दिँदैन होला जस्तो लाग्छ।'सृष्टिलाई अन्तिम छनोटपछि प्रतियोगितामा नघुसाइएको भए नगमा श्रेष्ठ र शुभेच्छा खड्कामध्ये एक मिस नेपाल हुन्थे। यी दुवैले यो वा त्यो नाममा हिडेन ट्रेजरले गर्ने यस्ता अनावश्यक प्रयोग र शोषणको विरोध गर्थे। किनकि मिस नेपालका प्रबल दाबेदार मानिएका नगमा र शुभेच्छा दुवै सञ्चार क्षेत्रमा कार्यरत छन्। नगमा इमेज टेलिभिजन र शुभेच्छा न्युज टवान्टी फोरमा संलग्न छन्। उसो त सृष्टि आफैँ पनि कमजोर प्रतियोगी भने होइनन्। चितवनमा जन्मिएर बेलायतमा हुर्किएकी उनी सुन्दर पनि छिन्। केही समयको मोडलिङबाट संगालेको अनुभवले पनि उनी मिस नेपालको पक्का दाबेदार हुन सक्थिन्। तर आयोजकले गरेको जालझेलका कारण उनको ब्रेन र ब्युटीको पनि अवमूल्यन भएको छ।पैसा कमाउने उद्देश्यले गरिएको प्रतियोगितामा निर्णायक बेन्चमा प्रायोजक नै धेरै थिए। ऋचा शर्मा र सदीक्षा श्रेष्ठबाहेक अरू जज व्यापारिक घराना र आइएनजिओका प्रतिनिधि थिए। कुशकुमार जोशी, पशुपति मुरारका, उपौल मजुम्दारलगायत व्यवसायी र मिस नेपाललाई सद्भावना दूतका रूपमा प्रयोग गरेर हिडेन ट्रेजरलाई दानापानी प्रदान गर्ने डब्लुडब्लुएफकी प्रतिनिधि सिमि्रका शर्मासम्म जज थिए। दर्शक र प्रतियोगीले धेरै आलोचना ड्रेसको गरेका थिए। किनभने यस वर्षको मिस नेपालको ड्रेस अहिलेसम्मकै झुर भएको फेसनविद्हरू बताउँछन्। नेपालमै राम्रो डिजाइनर भए पनि पैसाका कारण भारतीय डिजाइनरलाई ड्रेस डिजाइन गर्न लगाइएको भन्दै धेरैले आक्रोश पोखेका थिए। कसलाई मिस नेपाल बनाउने सेटिङ राम्रैसँग मिलाए पनि कार्यक्रमको सेटिङ भने भताभंुग थियो। सुन्दरी प्रतियोगिताको मञ्च यति भद्दा थियो कि धेरै जना मञ्चमा आँखा लगाउने कष्टै नगरी आपसमा जोक गर्दै बसेका थिए। होचो मञ्च र अव्यवस्थित बसाइका कारण हेर्न चाहनेले पनि मञ्चमा आँखा पुर्‍याउन नउठी धरै पाएनन्। त्यसै गरी, साउन्ड सिस्टमको खराबीले कार्यक्रम झन् खल्लो भएको थियो। प्रोग्राम सेड्युल राम्ररी नमिलेको प्रस्टै देखिन्थ्यो। किनभने मञ्चमा बोलाइएका कोरियोग्राफर प्रशान्त ताम्राकार र रचना शर्मा स्टेजको पछाडि अलमलिएका थिए। त्यसैले उनीहरूले बोलाएकै बखत मञ्चमा जाने कष्ट उठाएनन्। कार्यक्रमको अन्त्यमा अन्नपूर्ण होटलमा जित्नेको हाईहाई भए पनि हार्नेहरूको बिजोग थियो। राती साढे १ बजेमात्रै 'खोसिएका' मोबाइल फिर्ता दिएका कारण आफन्तलाई खबर गर्न नपाएर केही सहभागी अलपत्र परेका थिए। अलपत्र पर्नेमा राजधानी बाहिरका सहभागी थिए। 'प्रतियोगिता हुनु तीन दिनअघिदेखि अन्नपूर्ण होटलमा बसाइएका कारण त्यो दिन पनि आयोजकले व्यवस्था मिलाउँछ भन्ने लागेको थियो, तर वास्तै गरिएन,' अलपत्र परेकी एक प्रतियोगीले भनिन्।नेपाली 'सौन्दर्य बजार'को डन हो, हिडेन ट्रेजर। मिस नेपाल प्रतियोगितामा उसको गुन्डागर्दी निर्बाध चलिरहेको छ। हिडेन ट्रेजरकै कारण सुन्दरी प्रतियोगिता कुरूप भएको छ। अरू त अरू, मिस नेपालको पुरस्कारको राशि पनि उसले पूरा र समयमै दिँदैन। नयाँ मिस नेपालको शिरमा ताज भिराएको एक हप्ता भइसक्दा पनि पुरानी मिस नेपाल मलिना जोशीले आधा पुरस्कार पाएकी छैनन्। यो थाहा पाएपछि मलिनासँग कुरा गर्दा उनी 'दामका लागि होइन, नामका लागि मिस नेपाल भएको' भन्दै पन्छिइन्। उनले भनिन्, 'उसले (हिडेनट्रेजरले) नाम दिएको छ, दाम आफैँ कमाउने हो।' यसरी मिस नेपालहरू अपमानित, शोषित, पीडित भएर पनि चुँक्क बोल्न सक्दैनन्। किनभने उनीहरूलाई हिडेन ट्रेजरको 'गुन्डागर्दी'ले आफ्नो संभावित करिअर चौपट हुने भय हुन्छ।

(Source; nagariknews.com)

जेठ १४ पछिको भविष्य अनिश्चितः नेम्वाङ


काठमाडौं, वैशाख २९  संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जेठ १४ पछाडिको नेपालको भविष्य अनिश्चित भएकोले त्यस अगावै संविधान जारी अनिवार्य भएको बताएका छन् । प्रेस चौतारी नेपालको देशव्यापी दवाव अभियान अन्तर्गत काठमाडौं जिल्ला समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय सहमतिको सरकार बन्ने आधार देखिएकाले पनि संविधान समयमै आउने उनले विश्वास व्यक्त गरे ।दलहरुको अगाडी सहमति खोज्नुको विकल्प नभएको भन्द नेम्वाङले संविधानलाई सहमतिको दस्तावेज बनाउन आग्रह गरे । पछिल्लो समयमा दलहरु घनिभूत ढंगले बहुपक्षीय छलफलमा जुटेकाले पनि संविधान निर्माणको गति अगाडी बढेको उनको भनाई थियो ।

नेपाल एसिसी यु १६ को फाइनलमा

काठमाडौं, वैशाख २९ म्यान अफ दि म्याच जगदिश चन्दको अलराउन्ड प्रदर्शनको मदतले नेपालले शुक्रबार एसिसी यु १६ को फाइनलमा पुगेको छ ।मलेसियामा जारी प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई १ सय १ रनको विशाल अन्तरले हराउदै फाइनलमा पुगेको हो ।
पहिला ब्याटिङ गर्दै नेपालले जगदिश चन्दको ५३ तथा नुरध्वज सेनको ५१ रनको मदतले निर्धारित ४० ओभरमा नौ विकेटमा २ सय ४० रनको योगफल तयार पारेको थियो। 
प्रत्युत्तरमा सिंगापुरको टिम ३६ दशमलव ५ ओभरमा १ सय ३९ रन बनाएर आउट भयो। सिंगापुरका ए गोएन्काले ३८ तथा भि शेषाद्रीले ४६ रनको योगदान दिएका थिए। 
नेपालका लागि जगदिश चन्दले २८ रनको बदला तीन विकेट झारेका थिए भने आशिष विष्टले तीन विकेट झार्ने क्रममा २४ रन दिएका थिए।
नेपालले अब आइतबार उपाधिका लागि हुने भिडन्तमा आयोजक मलेसियाको सामना गर्ने छ । मलेसियाले सेमिफाइनलमा ‌ओमानलाई ३६ रनले हराएको थियो ।