Monday 14 May 2012

Nepali Movies

kkkkkNepali Movies kkkkkkk











First Love

Mero Love Story



K yo Maya Ho

अग्नि एयरको विमान दुर्घटना १५ जनाको मृत्यु



कहाँ पुग्यो प्रचण्ड पुत्र प्रकाशको सगरमाथा यात्रा ? | 14 May 2012

अखण्ड सुदुर पश्चिम माग्दै चलेको आन्दोलन : BBC Sajha Sawal | 13 May 2012

Far -west Banda Enters 18 th Day


The situation in the Far-Western region is pretty much the same with the general strike entering its 18th day today. Normal life in all 9 districts of the region has been paralyzed with the agitation for the undivided Far Western region showing no signs of abating. The strike has prolonged even after the arrival of talks team representing the Far West Struggle Committee in the capital as its talks with the government hasn't made any progress at all.
Meanwhile, Life in Tarai region has also been affected by a 5-day strike called by a group calling itself 'Pro-Federalism Joint Struggle Committee' in protest of the Undivided Far-West movement, with its demand of autonomous ethnic states in the new constitution.

Maoist Decision for Promulgation instead of Extension

The Unified CPN-Maoist has decided to press for the promulgation of new constitution by May 27th instead of seeking the term extension of the Constituent Assembly. A Standing Committee meeting of the UCPN- Maoist held today decided to make maximum efforts for consensus for the promulgation of constitution by the deadline. The ruling party has also decided to bring other parties into confidence in its proposal to carve out 11 provinces in the new federal set-up.

Agni Air Plane Crashes in Jomsom


15 people have been confirmed dead with 6 others injured when an aircraft belonging to Agni Air crashed in Jomsom, the district headquarters of remote Mustang district, at around 9:50 this morning. The ill-fated Agni Air aircraft 9N AIG-D228 Dornier bound for Jomsom had 21 people on board which included 18 foreigners and 3 crew members. Although the reason behind the crash is yet to be ascertained, it has been stated that the aircraft, after finding it hard to land at the Jomsom airport was on its way back to Pokhara during which it crashed into a hill close to the airport.
Among those killed are pilot Prabhu Sharan Pathak and co-pilot SD Maharjan while the rest of the victims are Indian nationals who were on a pilgrimage to the Muktinath temple.The 13 Indian nationals killed in the crash have been identified as K. Mahanya, S.K Arora, M. Honda, M.K. Arora, R. Honda, K. Arora, T. Sachdev, G. Sachdev, Sudhav Sanaim, Tirumala Kidambi, Ichyambadi Latha and Mr. and Mrs Kumar. Six people who were rescued alive from the crash site are the aircraft's air hostess Roshani Haiju, Danish nationals duo R. Andrias and T. Emily and Indian citizens Tirumala Kidambi Shreevardini and two children—Tirumala Kidambi Sreekant and Kidambi Tirumala Sreepada. The injured have been airlifted to Pokhara for treatment at Manipal Hospital and their conditions are said to be stable.
Immediately after the crash, teams of Nepal Army, Police and the local people had rushed to the site for rescue. The bodies of all the deceased in the crash have been ferried to Kathmandu by a Nepal Army helicopter. Meanwhile, Prime Minister Dr. Baburam Bhattarai through a press release has extended his condolences to the bereaved families and has wished for the speedy recovery of those who were injured.

संविधानको म्याद कुनै हालतमा नथपिने प्रधानमन्त्रीको दाबी


प्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको खेलमा लागेमा जेठ १४ भित्र संविधान बन्न नसक्ने भन्दै संविधान सभाको म्याद कुनै हालतमा नथपिने दाबी गर्नुभएको छ । माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज राजधानीमा गरेको चियापान कार्यक्रमा उहाँले कुर्सीमा टाँसिएर बस्ने आफ्नो चाहना नभएको जिकीर गर्नुभयो । तर नयाँ संविधान जारी भएपछि मात्रै आफूले कुर्सी छाड्ने बताउन भने उहाँले विर्सनु भएन ।

हरेक पार्टीभित्र केही नेताहरु संविधान बन्न नदिने खेलमा लागेको उहाँको आरोप थियो । चियापान कार्यक्रममा माओवादी शीर्ष नेताहरु, सभाषद्, विभिन्न पार्टीका नेता एवं सभाषद्, उद्योगी, व्यापारी, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु लगायतको सहभागिता थियो ।

बिद्यार्थी काट्न खोजेको विरोधमा जाम

आफ्ना कार्यकर्तामाथि एमालेसम्बद्ध अनेरास्ववियु कार्यकर्ताले आक्रमण गरेको भन्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंका क्याम्पसहरु अगाडि एक घण्टा चक्काजाम गरेको छ । त्रिचन्द्र क्याम्पसका नेविसंघ अध्यक्ष कृष्ण जैसी र स्ववियु सचिव संजय यादवमाथि अनेरास्ववियुका कार्यकर्ताले हिजो खुकुरी प्रहार गरेको नेविसंघले जनाएको छ । गृहमन्त्रीको राजीनामा र घटनाका दोषीलाई कारबाही माग गर्दै नेविसंघले त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पशुपति क्याम्पसलगायतका क्षेत्रमा विहान नौ बजेदेखि एक घण्टा चक्काजाम गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको गैरजिम्मेवार अभिब्यक्तिले अब सडकमा रगतको होली खेल्ने स्थीति आउने हो कि भन्ने त्रास !

- कृष्ण अविरल
देश यतिखेर अन्योल र अनिश्चयको भुमरीमा फँसेको छ । संविधान घोषणा गर्ने जेठ १४ को म्याद नजिकिँदै गर्दा दलहरु सर्वोच्च अदालतको निर्णयलाई लत्याउँदै पुनः म्याद थप्ने कसरतमा लागेका छन् । आफ्नो असक्षमता ढाकछोप गर्न बहुमतका नाममा जे पनि गर्दा हुन्छ भन्ने मनोवृत्तिले नेताहरु प्रति अविश्वास र घृणा उत्पन्न हुन थालेको छ । जातीय पहिचान र अग्राधिकारसहितको राज्य माग्नेहरु तथा जातीय राज्य विरोधीहरु जुर्मुराएका छन्, जसले गर्दा देशभर आन्दोलनको आगो सल्किन पुगेको छ । संघीय राज्यहरुको नामांङ्न र सीमाङ्कनका मुद्दामा दलका नेताहरुले देखाएको गैरजिम्मेवारपनले देशभर आन्दोलन चर्किएको हो । जातीय राज्यका नाममा लाठी मुङ्ग्री गर्न सक्नेहरुलाई काखी च्यापेर बहुसंख्यकलाई उपेक्षा गरिँदा जातीय सद्भाव भड्किने संकेत देखापर्न थालेको छ । अझ माओवादी अध्यक्ष प्रचण्डले त जनजाति नेताहरुलाई जातीय संघीयताको बिरोध गर्नेहरुको प्रतिकार गर्न खुल्ला आह्वान गरे । उनीजस्ता जिम्मेवार नेताको यस्तो गैरजिम्मेवार अभिब्यक्तिले अब सडकमा रगतको
होली खेल्ने स्थीति आउने हो कि भन्ने त्रास बढ्न थालेको छ ।
जनआन्दोलन ०६२-६३ र संविधानसभा निर्वाचनको म्याडेट संघीयता भए पनि जातीयता थिएन । संविधानसभाको आयु लम्बिँदै जाँदा संघीयताका नाममा बाहुन-क्षेत्रीविरुद्ध कथित जनजातिहरुलाई उचालेर घृणा एवम् विद्वेष फैलाउने काममा विदेशीहरुबाट पालित पोषित बौद्धिक दलालहरुले गरे । दलका कतिपय जनजाति सभासद्हरु मात्रै होइन, अगुवा नेताहरु समेत विदेशीले बिछ्याएको जातीय संघीयता नामको विखण्डनकारी माखे-जालोमा पर्दै गए । पदमा रहुन्जेल मधेसमा विद्यमान चरमगरिवी, अशिक्षा र विसंगतिको निर्मुलीकरणका लागि सिन्को भाँच्न नसक्ने तर पद गुम्नासाथ मधेशवादका मुद्दा सम्झने अवसरका भोका लम्पटहरुको लहैलहैमा ठूला दलका नेता पनि लाग्दै गए । मधेश एक प्रदेशको नारा दक्षिणको छिमेकीको प्रमुख एजेन्डा हो भन्ने कुरा उनीहरुले बुझेर पनि बुझ पचाइरहे ।
उदेकलाग्दो तर्क
जातीय पहिचानसहितको संघीयताका पक्षधरहरुको तर्क छ्- विगत २५० वर्षसम्म खस शासकहरुबाट जनजातिको शोषण भएकोले त्यसको क्षतिपूर्ति स्वरुप जातीय पहिचानसहितको राज्य हुनु पर्छ । कतिपयले अग्राधिकार र पहिचानसहितको जातीय राज्यको मुद्दा पनि बोकेर हिँडेका छन् । तर तिनका बोली र ब्यवहार देख्दा लाग्छ- त्यो मुद्दाले देशलाई कहाँ पुर्‍याउँछ भन्ने दीर्घसोचको तिनमा खडेरी छ ।
यर्थाथलाई नियाल्ने हो भने विगत अढाइ सय वर्षमा सबैभन्दा बढी राज्यबाट उपेक्षा र उत्पीडिन ब्यहोर्नेमा खस र दलितहरु देखिन्छन् । प्रमाणका लागि कणर्ाली भेकसहित दैलेख, जाजरकोट, बझाङ, बाजुरा, अछामलगायतका क्षेत्र र त्यहाँका खसहरुको अवस्था हेरे पुग्छ । अझ दलितहरुले जति चरम उपेक्षा र विभद अरु कसले व्यहोर्‍यो होला र ?
तर पैसा र बल भएका कथित जनजातिहरु आफूभन्दा उत्पीडित र उपेक्षितहरुका बारेमा सोच्दैनन् । मुढेवलका आधारमा जे पनि गर्न सकिन्छ भन्ने संकीर्णता पालेकाहरु विगतमा शासकहरुको वरिपरी रहने मौका पाएका काठमाडौंका केही बाहुन-क्षेत्रीहरुलाई देखाएर सम्पूर्ण खसमाथि धारे हात लगाइरहेछन् । कुन्ठा र संकीर्ण सोच रुपि वीष-वमन गरिरहेका छन् । कुनै कोइराला वा कार्कीले अवसर पायो भन्दैमा कथित जनजातिको भन्दा गए गुज्रेको अवस्थामा बाँच्नका लागि संघर्ष गरिरहेको खडका वा गुरागाईँले किन गाली खाने ? विगत केही वर्षदेखि जारी एकोहोरो गालीले उमारेको आक्रोश अब सडकमा पोखियो भने अन्यथा नमाने हुन्छ ।
विगतमा नेपाली भाषालाई राष्ट्रिय भाषाको रुपमा लादेर अरु भाषाहरुलाई उत्थानको अवसर नदिइएको साँचो हो । दौरा सुरुवाल लादियो भन्ने तर्क भने उचित छैन, किनकि त्यो पोशाक जाति विशेषकै हो भन्ने कुनै आधार भेटिँदैन । तर शिक्षा, रोजगार र अन्य अवसरहरुमा जातीय पक्षपात हुन्थ्यो भन्न मिल्ने अवस्था देखिँदैन । अवसरको खोजीमा काठमाडौं आउने बाहुनले आउनासाथ शिक्षा र रोजगारीमा अग्राधिकार पाउने गरेको भए अथवा बस्नका लागि शासकहरुले जातभाइ ठानेर सित्तैमा घर दिलाएर जनजाति भनिनेहरुलाई वेवास्ता गरिएको भए त्यसो भन्न मिल्थ्यो पनि होला । तर अवसरको खोजीमा काठमाडौं पस्ने राई वा मगरले जति संघर्ष गर्नुपर्छ, बाहुन वा क्षेत्रीले त्यो भन्दा कम संघर्ष गर्नुपरेको उदाहारण छैन । बरु दलितले थप विभेद ब्यहोर्नु पर्यो । राजनीति र प्रशासनमा बाहुन-क्षेत्रीहरुको बाहुल्य पनि कडा प्रतिष्पर्धाबाटै भएको हो । बाहुन क्षेत्रीहरुको त्यही बाहुल्यतालाई अरु जातिले प्रमुख मुद्दा बनाउनु भनेको संकीर्णता र हिनभावनाले जन्माएको कुन्ठाबाहेक केही होइन । अवसरमा कम पहुँचकै कुरा उठाउने हो भने त बाहुन-क्षेत्रीहरुले पनि राम्रो कमाइ हुने लाहुरे पेशामा हामीलाई अवसर दिइएन ? अथवा इन्जिनियरिङ, भूमि र कृषि क्षेत्रमा मधेसीहरुको एकलौटी भयो, ती क्षेत्रमा हामीलाई पनि आरक्षण चाहियो भनेर आन्दोलन थाले भइहाल्यो नि । यद्यपि बाहुनहरु तुलनात्मक रुपमा सहिष्णु देखिएछन् । सरकारी रोजगार र छात्रवृत्तिका अवसरहरुमा आरक्षणका नाममा योग्य बाहुन-क्षेत्रीहरुमाथि चरम विभेद गरिए पनि उनीहरुले धैर्य गरिरहेका छन् । तर उनीहरुको धैर्यको बाँध भत्कियो भने यो देशलाई रुवाण्डा बन्नबाट कसैले रोक्न सक्तैन ।
महर्जन, ज्यापु लगायतका कतिपय पिछडिएकाहरुलाई पृथक राख्ने हो भने नेवार सबैभन्दा समृद्ध जाति हो । शिक्षा, रोजगार, व्यापार आदिमा उनीहरु अरु जातिभन्दा निकै अगाडि छन् । तर बाहुबलकै आधारमा जनजातिमा सुचिकृत भएका यिनीहरुले सरकारले बाँड्ने शैक्षिक छात्रवृत्ति र रोजगारका अवसरमा आरक्षणका नाममा एकलौटि जस्तै बनाइरहेका छन् । राजधानीका महँगा बोडिङ स्कुल पढेका, विदेशी शिक्षाका लागि लाखौं लाख लगानी गर्न सक्नेहरुलाई अवसर पाउँदा कणर्ालीका खसहरु टुलुटुलु रमिता हेर्न विवश छन् । बागमती, इच्छुमतीमा पाँच-पाँच सय मिटरमा पुल बनाइँदा उनीहरु तुइनमा झुन्डिएर कर्णाली पार गर्नु परिरहेछ । अझ दलितहरुमाथि भएको विभेदको कुरा गरिसाध्य नै छैन ।
आदिवासी जनजातिः आधार के ?
केही वर्षयता आदिवासी जनजाति शब्द अनावश्यक रुपमा उचालिएको छ । धमिलो पानीमा माछा मार्न पल्केका अवसरवादी र विदेशी विखण्डनकारीका मतियारहरुले अघि सारेको त्यसको आधार सर्वस्वीकार्य छैन ।
उदाहारणको लागि किरातहरुलाई नै लिऊँ । उनीहरुले आफूहरुलाई आदिवासी भूमिपुत्रको दावी गरे पनि इतिहासले भन्छ- किरातहरु पनि मंगोलियाबाट चीन, तिब्बत हुँदै पश्चिमबाट उपत्यकातिर आएका हुन् । त्यसपछि विस्तारै पूर्व लागेका हुन् । राज्यबाट सीमान्तकृत भएको दावी गरे पनि उनीहरु कुनै बेलाका शासक हुन् । भूमिमाथिको हक अधिकारकै कुरा गर्ने हो भने पूर्वी भेगमा भूमिहीन किरातीहरु अहिले पनि विरलै भेटिन्छन् । ०७ सालपछिको सामाजिक अवस्था नियाल्दा अन्नलाई मदिरामा प्रयोग गरेर आर्थिक नोक्सानी व्यहोर्ने अनि मदिरामा मस्त भएर उर्जाशील समय नष्ट गर्ने आफ्नै संस्कारका कारण उनीहरु शिक्षा र त्यसले दिलाउने अन्य अवसरमा पछाडि परेका देखिन्छन् । लाहुरे संस्कारका कारण प्रशासन वा राजनीति विगतमा उनीहरुको प्राथमिकता बनेन । तर उनीहरुले आफैँले गरेको गल्तीको सजाय गालीको रुपमा बाहुन-क्षेत्रीले खानु परिरहेको छ ।
चाँगुनाराणमा पाइएको लिच्छवीकालीन शिलालेखले भन्छ, उपत्यका खसहरुको बसोबास त्यो बेलादेखि थियो । दैलेखको दुल्लूमा अवस्थित हालसम्म प्राप्त सबैभन्दा प्राचीन मानिएको आठौं शताब्दीको अशोक चल्लको शिलालेखले पनि खसहरुको बसोबास त्योभन्दा सयौँ वर्ष पहिलेदेखि भएको पुष्टि गर्छ । ती तथ्यहरुलाई वेवास्ता गर्दै जव खसहरुलाई अन्य जातिमा राखेर अवसरहरुमा भेदभाव गर्ने प्रपन्च गरिन्छ भने त्यसले कुनै न कुनै दिन जातीय सद्भाव भड्काउने कुरालाई कसैले पनि रोक्न सक्तैन ।
सजिलो छैन राज्य बाँड्न
अहिले पछाडि परेका जाति जनजातिलाई राज्यको मूलधारमा ल्याउने नाममा जातीय राज्य बाँड्ने सपना देखाउँदै जुन-जुन नाम अघि सारिएको छ, त्यो एकतर्फी र हेपाहा प्रवृत्तिको छ । कोशी पूर्वकै कुरा गर्ने हो भने लिम्बुवान राज्य दिनु भनेको ७० प्रतिशत बढी अन्य जातिमाथि अन्याय गर्नु हो, उनीहरुलाई दोस्रो दर्जाको नागरिक अनुभूत गराउनु हो । अहिले लिम्बुवान राज्य दिँदा भोलि झापा मोरङका राजवंशीले अग्राधिकारसहितको कोचिला र धिमालहरुले धिमालवान माग्लान् । इलामका लेप्चाहरुले पनि लेप्चावान माग्लान् । दोस्रो दर्जाको नागरिक हुनु परेपछि बहुसंख्यक बाहुन क्षेत्रीहरु पनि चूप लागेर नबस्लान् । त्यो अवस्थामा राज्यले थेग्न सक्ला ?
अझ चालीस लाख बढी जनसंख्या भएका मुस्लिमहरुको पाटो बेग्लै छ । कहिल्यै आन्दोलनमा उत्रिन नसक्ने हिमाली भेगमा शेर्पाहरुको अवस्था पनि उस्तै छ । देशभर छरिएर रहेका दलितहरुको माग पनि भोलि छुट्टै राज्य हुन सक्छ । बाँकेको शिखनपुरवा गाविसमा पुस्तैनी रुपमा बस्दै आएका शिखहरुले पनि पहिचानसहितको राज्य नमाग्लान् भन्ने छैन । के ती सबैलाई पहिचानसहितको राज्य दिएर सम्भव हुन्छ ? जातीय विविधता भएको यति सानो देशमा सम्भव नै नहुने इस्यु किन उचालिएको हो, बुझ्न गाह्रो छैन ।
अग्राधिकारसहितको जातीय राज्यको वकालत गर्ने कठमूल्लाहरुले सामाजिक सद्भाव भड्काएर कसको अभिष्ट पूरा गराउन खोजेका हुन् भन्ने बुझ्न गाह्रो छैन । उदाहारणको लागि कथंकदाचित लिम्बुवान बन्यो र लिम्बुहरुले जनजातिका वाहनामा अग्राधिकार पाए भने प्राकृतिक स्रोतमाथिका अधिकारका नाममा सामुदायिक वनबाट सित्तैमा काठपात पाउलान्, अनि वनको मुखैमा बस्ने अन्य जातिले शुल्क तिरेर खरिद गर्नु पर्ला । त्यो स्थितिमा अन्य जातिहरु रमिते मात्र बनिरहलान् ? पत्याउन गाह्रो छ ।
यो प्रश्न कोशी पूर्वको मात्र होइन, अहिले प्रस्तावित गरिएका भनिएका हरेक प्रान्तमा त्यही स्थिति आउँछ । केही दिन यता सुदूरपश्चिममा हुन थालेको अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीचको मुठभेडले पनि यही संकेत गरेको छ । तर आफ्नै गाँड कोराकोरमा ब्यस्त दलका नेताहरुले सुदूरपश्चिमको घटनाबाट शिक्षा लिने संकेत देखाएका छैनन् ।
समाधान के त ?
पंक्तिकारको उद्देश्य बाहुनवादलाई समर्थन गर्नु होइन । विगत जनआन्दोलनमा रामै्रसँग भिडेको अनि राजतन्त्रविरुद्ध घृणा उमार्न रक्तकुण्ड लेखेर त्यो बेला ज्यान नै दाऊमा लगाएको ऊ चाहन्छ- वर्गीय उत्थान अहिलेको प्रमुख एजेन्डा बन्नु पर्छ । मुढेवल भएका र बबण्डर मच्चाउन सक्ने विखण्डनका मतियारहरुलाई होइन, दलित, राउटे, चेपाङ, कुसुन्डा, हायु, लेप्चा आदिलाई राज्यको मूलधारमा ल्याइनु पर्छ । दलका टाउके नेताहरुको आफ्नै असक्षमताका कारण मनमौजी ढंगबाट म्याद थपिएको जनअनुमोदनका आधारबाट अवैध संविधानसभालाई जथाभावी ढंगबाट जातीय राज्य बनाएर बिखण्डको बीउ रोप्ने अधिकार छैन । दलका नेताहरुसँग त छँदैछैन ।
त्यसैले अहिलेको संकटग्रस्त अवस्थाबाट मुलुकलाई सही निकास दिने हो भने प्रदेश विभाजनको मुद्दालाई जनमत संग्रहबाट निकास दिने प्रावधानको व्यवस्था गरी जेठ १४ भित्र अविलम्ब संविधान जारी गर्नु पर्छ । सर्वोच्चको निर्णयलाई चुनौती दिएर म्याद थप्ने हरकत गरियो भने अर्को अनिष्ट हुने छ । त्यसैले हामी नै सर्वेसर्वा हौं र हामीले जे गर्दा पनि हुन्छ भन्ने भ्रमबाट दलका टाउके नेताहरुले मुक्त हुनुपर्छ । कथित जाति जनजातिको भोट बटुल्ने नाममा प्रदेशको बाँडफाँड गरेर सामाजिक सदभावको विथोल्ने कारक बन्ने रहर नै गर्छन् भने इतिहासले यिनीहरुलाई कठघरामा पक्कै उभ्याउने छ । कहिल्यै माफ गर्ने छैन । चेतना भया ।
२०६९ जेठ १

बन्दको फाइदा उठाउंदै एम्बुलेन्समा मदिरा ओसार पसार

डडेल्धुरामा बन्दको फाइदा उठाउंदै मदिरा ओसार पसार गर्ने एक एम्बुलेन्सलाई बन्दकर्ताले नियन्त्रणमा लिएका छन् । बन्दका क्रममा बिरामी धनगढी पु-याएर बझाङ फर्कदै गरेको प्राथमिक स्वास्थ्य केन्द्र देउलेक बझाङको एम्बुलेन्सलाई बन्दकर्ताले भारी मात्रामा मदिरा र यात्रु सहित नियन्त्रणमा लिएका हुन । एम्बुलेन्समा पेट्रोल, मट्टितेल, औषधि र तरकारी समेत ल्याइएको थियो । प्रदर्शनकारीले एम्बुलेन्स सहित चालकलाई प्रहरीमा बुझाएका छन् । उता, सुदूरपश्चिमको जनजीवन दिनप्रतिदिन कष्टकर हुदै गईरहेको बेला एम्बुलेन्सले समेत सर्वसाधारणलाई चढाउंदा बन्दकर्ताले आन्दोलनलाई झन कडा बनाएका छन् ।

दुर्घटनाका भएको विमानका यात्रुको शव राजधानीमा, छानबिन समिति गठन

काठमाडौँ, जेठ १- आज बिहान ९:५० बजे जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त अग्नि एयरको ९ एन एआइजी-डी२२८ (डोरनिएर) विमानमा परी दिवङ्गत भएका यात्रुहरू र चालक दलको शव नेपाली सेनाको हेलिकोप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पठाइएको छ। 
उक्त दुर्घटनाको उद्धार कार्यका लागि खडा गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उद्धार समन्वय केन्द्र (आरसीसी) को उद्धारसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भइसकेकाले उक्त उद्धार समन्वय केन्द्र बन्द गरिएको समेत नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यसैबीच, सो दुर्घटनाबारे अध्ययन गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक मेदिनी शर्माको संयोजकत्वमा आज एक छानबिन समिति गठन गरिएको छ।
प्रधानमन्त्रीस्तरीय निर्णयबाट बुद्ध एयरका क्याप्टेन सुनिल प्रधान, इन्जिनियरद्वय अशोक मानन्धर र रञ्जित सिंह, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य रहेको समिति गठन गरिएको हो।
समितिलाई ९० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको पर्यटन मन्त्रालयका सचिव डा.गणेशराज जोशीले जानकारी दिए। रासस

चार शक्ति ११ प्रदेशमा सहमति नजिकै, सीमा र नाम मिलाउन आन्तरिक बैठक

काठमाडौं, जेठ १- प्रमुख तीन दल र मधेसी मोर्चा ११ प्रदेश बनाई राज्य पुनर्संरचना गर्न सहमति नजिक पुगेको बैठक स्थल प्रधानमन्त्री कार्यालयबाट नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्। सीमा र नामको विषयमा आन्तरिक अभिमत बनाउनका लागि अहिले पार्टीहरु आन्तरिक बैठकमा छन्। सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा स्थायी समितिको बैठकपछि जातीय मोर्चा र राज्य प्रमुखहरुलाई पनि डाकिएको छ। त्यसैगरी एमाले स्थायी समितिको बैठक पनि संसदीय दलको कार्यालयमा नै बस्दैछ। मधेसी मोर्चा पनि आन्तरिक बैठकमा जुटेको छ भने नेपाली कङ्ग्रेसका उपलब्ध प्रभावशाली नेताहरुको पनि आन्तरिक बैठक हुँदैछ। 

सहमति जुटाउन बसेको बैठकपछि एमाले नेता माधव नेपालले बैठक सकारात्मक र राम्रोसँग बसिरहेको जानकारी दिँदै साँझ साढे पाँच बजे पुनः बस्ने बताए। त्यसैगरी मधेसी मोर्चाका राजकिशोर यादवले जेठ १४ मै संविधान जारी गर्ने सैद्धान्तिक सहमति भएको र राज्य पुनर्संरचनाका लागि सहमति जुटाउन आन्तरिक तयारी गर्न बैठक बस्न लागेको जानकारी दिए।