Saturday 5 May 2012

हिम पहिरोमा मृत्यु हुने १४ पुगे, उद्दार जारी, पचास बढी बेपत्ता


पोखरा, 
वैशाख २३ - माछापुछ्रे हिमालबाट शनिबार बिहान गएको हिम पहिरोले सेतीनदीमा बाढीको रुप लिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृतक संख्या अझै बढ्न सक्ने प्रहरी अनुमान छ । प्रहरीले करिब ५० जना बेपत्ता रहेको जानकारी दिए पनि यकिन संख्या खुल्न सकेको छैन ।
कास्कीको माछापुछ्रे र सर्दीखोला गाविसका आधा दर्जन बस्तीका बारेमा जानकारी पाउन सकिएको छैन । ती बस्तीहरूलाई बाढीले बगाएको अनुमान गरिएको छ ।
माच्छापुछ्रे र सार्दीखोलाको सीमा क्षेत्रमा पर्ने खारापानी क्षेत्र बाढीको बसैभन्दा ठूलो चपेटामा परेको छ । त्यही पसल गरेर बस्ने गोपाल ताम्राकारको शव भेटिएको छ । अन्यको नाम ठेगाना खुलेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरू उद्दारमा लागेको छन् । हेलिकप्टरबाट पनि अनुगमन गरिएको छ ।
सार्दी खोला–९ को तातोपानीमा डुब्न गएका २० जना जाति पनि बेपत्ता छन् । त्यसमा तीन जना रूसी पर्यटक रहेको बताइएको छ ।  त्यसैगरी माछापुछ्रे गाविसका चार जना पनि बेपत्ता छन् । पोखराको ला–गान्धी इन्टरनेसन कलेजबाट वनभोज खाना गएका १६ जना विद्यार्थी मध्ये २ जना बेपत्ता रहेको पनि बताइएको छ ।
हिमपहिरोका कारण सेती नदीमा आएको बाढीले पुल र चारबटा ट्रक समेत बगाएको छ । यस्तै स्याङ्जाबाट वनभोजका लागि आएको बस पनि बगाएको छ । बाढी बिहान १० बजेतिर बाट सुरु भएको बाढी अहिले सार्दीखोला हुँदै पुरुन्चौरतर्फ आउँदै गरेको स्थानीयबासीले बताएका छन ।
पश्चिमाञ्चलका डिआईजी राजेन्द्रसिंह भण्डारीले थप क्षति हुन नदिनका लागि आम नागरिकलाई सुसूचित गर्ने तथा उद्धार कार्यमा नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी सक्रियताका साथ परिचालन भएको बताएका छन् । चार जनको शव भेटिएको र तीन जनालाई जिवितै उद्धार गरिएको उनले बताए । थप क्षतिको विवरण संकलन भइरहेको उनले जनाएका छन् ।
बाढीले रूखहरू बगाउनुका साथै खेतमा कटान थालेको छ । नदी आसपासका बासिन्दा भागाभाग गरेको पुरुन्चौर १ कि सम्झना अधिकारीले जानकारी दिइन् । सार्दीखोलका ललित ताम्राकारले मानिसमा भागदौड भएको जानकारी दिए । ठूलो आवाजका साथ आएको बाढीले पुल र नजिकैका घरहरू पनि बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।
 पोखरा विमानस्थलका वरिष्ठ अधिकृत अनुप जोशीले माछापुच्छ्रेतर्फ उड्दै गरेका जहाजले हिउँपहिरोका कारण ठूलो बाढी सेती नदी हुँदै पोखरातर्फ आउदै गरेका बताए । 'हिउ पहिरोले ठूलो बाढी पोखरातिर आउँदै गरेका दृश्य विमानबाट देखिएको जानकारी आएको छ' उनले भने 'चाँडै नै पोखरातिर आउँदै गरेकाले सबैलाई सचेत रहन सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिदिनुहुन आग्रह गदर्छौ ।' बाढीले कति क्षति पुगे सो बारेमा विवरण प्राप्त भइसकेको छैन ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले यस प्राकृतिक बिपत्तिमा परेकाहरूका उद्दारका लागि सबै स्रोत साधनको परिचालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री पोखराको प्रशासनसँग नियमित प्रत्यक्ष सम्पर्कमा छन् । उनको निर्देशनमा उद्धारका लागि विज्ञहरूको टोली सहित सेनाको हेलिकप्टर त्यता गएको छ ।

पाल्पामा दुइ वृद्धाको विभत्स हत्या

कञ्चनपुरमा राजनीतिक दलहरु शक्ति प्रदर्शनको तयारीमा

विक्रम गिरी, महेन्द्रनगर,
 वैशाख २३ - गत वैशाख १५ गतेदेखि अखण्ड सुदूरपश्चिमको माग गर्दै थालिएको सुदूरपश्चिम वन्दको आज नवौं दिन हो। आठ दिनसम्म खासै सक्रिय नदेखिएका कञ्चनपुरका राजनीतिक दलहरु शनिबार शक्ति प्रदर्शनको तयारीका जुटेका छन्। सहजै रुपमा अखण्ड सुदूरपश्चिमको माग पूरा हुने छाँटकाँट नदेखिएपछि काँग्रेस एमाले लगायतका दलहरु अहिले दिउँसो शक्ति प्रदर्शनको तयारीमा व्यस्त छन्। शुरुवातका दुई दिन नागरिक समाजले अगुवाई गरेको आन्दोलनमा सरिक भएका दलहरु त्यसपछि मौन रहँदै आएका थिए। तर तिनका कार्यकर्ताहरु भने स्वफुर्त रुपमा आन्दोलन गरिरहे। 

भातृ संगठनको व्यापक दवावपछि कञ्चनपुरका राजनीतिक दलहरु आज शक्ति प्रदर्शनमा उत्रिन लागेका हुन। यसका लागि उनीहरुले व्यापक तयारी गरेका छन्। दलहरुले आ-आफ्ना भातृ संगठनका कार्यकर्ताहरुलाई र्‍यालीमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका छन्। केही कार्यकर्ताहरु शुक्रबार साँझ नै महेन्द्रनगर आइपुगेका छन्।

आजको प्रदर्शनपछि सुदूरपश्चिम एक राज्यको माग सहित भइरहेको आन्दोलनले के मोड लिन्छ त्यसै भन्न सकिने अवस्था छन्। तर जनजीवन दिनहुँ कष्टकर भने बन्दै गएको छ। गर्मी बढेको छ। झाडापखालका विरामी महाकाली अञ्चल अस्पताल भर्ना हुने क्रम बढ्दै गएको छ। तर अस्पतालका चिकित्सकहरु जीवनजलको समेत अभाव भएको बताउँछन। बजार बन्द छ। यातायात सेवा ठप्प छ। अखण्ड सुदूरपश्चिम र अखण्ड थरुहटको बन्द हड्ताल जारी छ।

दुवै थरी आन्दोलनकारी आ-आफ्नो माग सम्बोधन होला भनेर आश गरिरहेका आन्दोलनकारीहरु सरकारको निर्णयको पखाईमा छन्। तर मन्त्रीमण्डल बनाउने खिचलोमै रमाएको डाक्टर वावुराम भट्टराई नेतृत्वको सरकारले अझै केही दिन संघियताबारे निर्णय गर्ने सम्भावना देखिन्न। यस्तो अवस्थामा सुदूरपश्चिमका वासिन्दाले कष्टकर दिन अझै केही दिन झेल्नु पर्नेमा कुनै शंका भने छैन। 

बन्द सुदूरपश्चिम,चरम सास्तीमा सर्बसाधारण

कङ्ग्रेससहित १२ मन्त्रीहरुको शपथ ग्रहण, महतोले भोलि सपथ लिने

माधव ढुङ्गेल, काठमाडौं,
 वैशाख २३- आज राति दुई उपप्रधानमन्त्रीसहित १० जना मन्त्रीहरुले राजनीतिक सहमतिको सरकारमा पदको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गर्नेहरुमा माओवादीका पाँच, मधेसी मोर्चाका पाँच र कांग्रेसका दुई जना छन्। आज साँझ ५ बजे हुने भनिएको सपथ कार्यक्रम  राति ९ बजे भएको थियो। मन्त्रीहरुलाई राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री बाबुराम भट्टराईले शपथ दिलाए। माओवादीबाट नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, वर्षमान पुन, टोपबहादुर रायमाझी र दीनानाथ शर्माले शपथ लिने भनिए पनि रायमाझी अनुपस्थित भए।
त्यस्तै कांग्रेसका कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङ शपथ लिएका छन्। मोर्चाबाट विजयकुमार गच्छदार, हृदयेश त्रिपाठी, महेन्द्र यादव र राजकिशोर यादवले शपथ लिएका छन्। मोर्चाका मन्त्रीहरुले पूरानै मन्त्रालय सम्हाल्नेछन्। माओवादी र कङ्ग्रेसका मन्त्रीहरुलाई मन्त्रालय तोकिएको छैन।
स्वास्थ्यमन्त्री राजेन्द्र महतो भने आफ्नो दल सद्भावना पार्टोको अधिवेशनमा जनकपुर व्यस्त रहेकाले भोलिमात्र शपथ ग्रहण गर्नेछन्।

सेती नदीमा भीषण बाढी,१३ जनाको मृत्यु, कयै बेपत्ता